नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई निराश बनाउने तत्व सक्रिय रहेकोले यसप्रति सबैको सजगता हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाल नगरपालिका संघको छैटौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवस्थाबाट नागरिकलाई लाभ दिन नगर सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
उहाँले नगर सरकारको सक्रियताले नागरिकलाई आशा जगाउन सक्छ । हुन त सबै नगरपालिकाको अवस्था एउटै छैन, गाउँ क्षेत्रलाई पनि नगरपालिका बनाइएको छ, श्रोत, साधन र जनशक्तिका कोणबाट क्षमता एउटै नुहुन सकछ, तर उपलब्ध श्रोतको उच्चतम उपयोग गरेर जनतालाई आशावादी बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिका संघ अधिवेशसन तयारी समितिका संयोजक एवं धुलिखेल नगरपालिकाका मेयर अशोक व्याञ्जुले स्थानीय सेवा व्यवस्थापनमा अन्तरसरकार सम्बन्ध, कर्मचारी व्यवस्थापन र अपुग लगानीको व्यवस्थापनमा संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं. ३ का मुख्यमन्त्री एवं संघका अध्यक्ष डोरमणि पौडेल र वीरगञ्ज नगरपालिकाकी उपप्रमुख शान्ति कार्कीलाई सम्मान गरिएको थियो । पौडेलले लामो समयसम्म संघलाई नेतृत्व दिएर स्थानीय स्वशासन प्रवर्धनमा योगदान पु¥याएवापत र कार्कीलाई नगरपालिकाका जेष्ठ सदस्यका रुपमा सम्मान गरिएको हो ।
हिजोबाट शुरु भएको सम्मेलन १४ गते सम्म सञ्चालन हुनेछ । अधिवेशनमा संगठन विस्तार, सम्पन्न कामको समीक्षा, आगामी कार्यदिशा निर्धारणसँगै, कर प्रशासन, अन्तर सरकार समन्वय, सहकार्य र साझेदारिता, सहरी विकास, बस्ती विकास, सडक वोर्डको भूमिका र नगरपालिकाहरुसँगको सम्बन्ध, नगरपािलकाहरुको संवैधानिक अधिकार र अधिकारको प्रयोग चुनौतीलगायतका विषयमा कार्यपत्र प्रस्तुती र छलफलबाट साझा धारणा निर्माण गरिनेछ । अधिवेशन बुधबार मध्यान्नसम्म विषयगत छलफलमा केन्द्रीत हुने, त्यसपछि निर्वाचनका कार्यक्रम शुरु हुने जनाइएको छ ।











प्रतिक्रिया