प्राविधिक शिक्षालय भवनको लागी निशुल्क ३२ रोपनी जग्गा दान

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यानमा सहिद नेत्रलाल स्मृति प्राविधिक शिक्षालय भवनको लागी स्थानीयले निशुल्क जग्गा दान गरेका छन । प्राविधिक शिक्षालय तथा ब्यवसायिक तालिम परिषद् (सिटीइभीटी)ले आंगिक कलेजको रुपमा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरे संगै जिल्लाको शारदा नगरपालीका वडा नम्बर ४ लामीडाडाका १५ जना स्थानीयले निशुल्क जग्गा दान गरेका हुन ।
सिपमुल र ब्यवासायीक शिक्षाको निम्ती जिल्लामै बसेर बिधार्थीले पठनपाठन गर्न सहज हुने भएपछि लामीडाडाका भिम बहादुर खत्री, तारा प्रसाद खत्री, तिलक खत्री, यादब खत्री, बिष्णु प्रसाद भटराई, सिता केसि, खिम बहादुर डागी, लगायतका १५ जना स्थानीयले ३२ रोपनी निशुल्क जग्गा प्रदान गरी प्राविधिक शिक्षालयको नामा पास गरिदिएका छन ।
प्राविधिक शिक्षालय भवनको पुर्बाधार बिकासका लागी ५० रोपनी जग्गा चाहिने भएपछि ३२ रोपनी निशुल्क जग्गा पाप्त भैसकेकाले बाकी जग्गा पनि प्राप्त हुने समाजसेबि ईन्द्र शमार्ल बताए ।
जग्गा दाताबाट प्राप्त गरेको जग्गा सिटिइभिटीका उपनिर्देशक रमाकान्त काफलेको नेतृत्वमा खटिएको टोली सहित सिटिइभिटीको नाममा स्थानीयले पास गरिएदिएको शमार्ल बताए ।
यसअघि परिषदको निणर्य अनुसार र सल्यान खलंगामा नेत्रलाल अभागीस्मृति बहुप्राविधिक शिक्षालय स्थापना हुने घोषण गरिएको थियो । बहुप्राविधिक शिक्षालय स्थापना हुने घोषण सँगै स्थानीयले निशुल्क जग्गा दिने घोषणा गरेका थिए ।
जिल्लामा यसै शैक्षिक बर्ष देखि कृर्षि क्षेत्रको र ईन्जीयर क्षेत्रमा पढाई सञ्चालन हुने भएको छ । खलंगा वरपरको कुनै सार्वजनिक विद्यालयको पुर्वाधार प्रयोग गरि कार्यक्रम संचालन गरिने भएको हो ।
संघ र प्रदेश सरकारको संयुक्त ) को लगानीमा, छुट तालिकामा रहेका विद्यार्थी भर्ना गर्ने गरि प्राविधिक तथा व्यवसायीक शिक्षा परिषद (सिटिइभिटी) ले सल्यानमा डिप्लोमा तह कृषि र डिप्लोमा तह इन्जिनियरीङ (सिभिल ) कार्यक्रम संचालनको अनुमति दिएको छ ।
जिल्लामै प्राबिधिक जनशक्ति उत्पादन गरेर कृर्षिको बिकास र अन्य क्षेत्रको बिकासमा ठुलो टेवा पुग्ने कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताउनु भयो । हरेक शिक्षा ब्यवहारीक र ब्यवसायीक हुनु पर्ने भएकाले प्राबिधिक शिक्षामा जोड दिने बताउनु भयो ।
जिल्लामा ईन्जीयर र कृषिको डिप्लोमा कलास स्वीकृत भैसकेकाले कार्यक्रम छिटै सञ्चालन गरिने उहाँले बताउनु भयो । उहाँका अनुसार आगामी दिनमा सहिद नेत्रलाल स्मृति प्राविधिक शिक्षालयमा टि एस एलसिका कक्षाहरु सञ्चालन गर्न सकिने बताए । उनले भने जिल्लामा बिभिन्न तहको जनशक्ति उतपादन गर्न सक्छौ, जसले शिक्षा क्षेत्रमा पनि सहयोग पु¥याउछ, कृषि क्षेत्रमा पनि सहयोग पु¥याउछ, बिभिन्न प्राबिधिक जनशक्ति उत्पादन गरेर बिकासलाई तिब्रता दिन सकिने मन्त्री ज्वालाले बताए ।
सहिद नेत्रलाल स्मृति प्राविधिक शिक्षालय स्थापनाको लागी कर्णाली प्रदेशको सल्यान जिल्लामा केन्द्र सरकारले स्वीकृत दिएको छ ।