कञ्चनपुर अपडेटः मृत्यु हुने बालकको नाम चेतन भट्ट नभई शनि खुना रहेको खुलासा

0
Shares

१७ जना घाईतेहरुको नाम सहित हेर्नुहोस् ।

कच्जनपुर ।

कच्जनपुरमा गोली लागि मृत्यु हुने बालकको नाम चेतन भट्ट नभई शनि खुना रहेको खुल्न आएको छ । महेन्द्रनगरमा प्रहरीको गोली लागेर मृत्यु हुने भिम दत्त १८ भगतपुरका १४ बर्षिय शनि खुना रहेका छन् । प्रहरीको गोली लागि १७ जना घाईते भएका छन् । घाईते हुनेहरुमा, कविन्द्र विक, इश्वर जोशी, विरेन्द्र नागरी, चेतन भट्ट, डम्बर खत्री, युवराज भट्ट, किशोर धामी, गोरबहादुर रेउले, घनश्याम पन्त, दामोदर खत्री, तुलाराम उपाध्याय, ओमकार जोशी, सत्रुघ्र सुवेदी र सुरेशप्रकाश चटौत रहेका छन् ।
घाईतेहरु मध्ये मनोज खड्काको दायाँ कन्चडमा गोली लागेको छ भने उमेश देउवाको खुट्टामा गोली लागेको छ ।