काठमाडौंका गाडीमा तीन दिन लगातार जोर विजोर प्रणाली


काठमाडौं ।
भाद्र १३, १४ र १५ गते काठमाडौंमा ट्राफिक प्रहरीले जोर विजोर प्रणाली लगाउने भएको छ । उक्त जोर विजोर प्रणाली चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा सवारी व्यवस्था मिलाउनका लागि लगाउन लागिएको ट्राफिक प्रहरी महाशाखाले बताएकोे छ ।

बिमस्टेक शिखर सम्मेलनका बेला आउने  विदेशी विशिष्ट पाहुनाहरुको आवतजावतलाई सुरक्षित र व्यवस्थित बनाउन सवारी साधनमा जोर विजोर प्रणाली लगाउने भएको हो ।

काठमाडौंमा सवारी चाप अत्यधिक रहेकाले बिमस्टेक शिखर सम्मेलनका पाहुना आवतजावत गराउन समस्या हुने भएकाले जोर विजोर प्रणाली लागू गरिएको हो ।