एक दम्पतीले गरे आफ्नै कोठामा झुण्डिएर आत्महत्या


भीमदत्तनगर ।
कञ्चनपुरको महाकाली नगरपालिका–६ मा एक दम्पतीले आफ्नै घरको कोठामा झुण्डिएर आज आत्महत्या गरेका छन् ।

आफ्नै सुत्ने कोठामा झुण्डिएर स्थानीय २२ वर्षिय मनोज थापा र २१ वर्षिया दीपा थापाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दोधराचाँदनीले जनाएको छ ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक नारायण गिरीले श्रीमान्÷श्रीमतीले अलग÷अलग चुन्नीमा झुण्डिएको अवस्थामा भेटिएको बताउनुभयो ।

मतृकका भाइले झ्यालबाट दाइ÷भाउजु झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकहरुको गत जेठमा विवाह भएको थियो ।
रासस