जवरजस्ती करणी उद्योगका फरार दोषी दुई बर्षपछि पक्राउ


रामधन राई, खोटाङ ।
जबरजस्ती करणी उद्योगमा सजाय सुनाईएका खोटाङका फरार दोषी दुई बर्षपछि पक्राउ परेका छन् । जवरजस्ती करणी महल अन्तर्गत सजाय सुनाइएपछि फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका टयनकुमार राई दुई वर्षपछि पक्राउ परेका हुन् ।

२०७३ भदौ १ गते ३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत खोटाङबाट जबरजस्ती करणी उद्योग महल अन्तर्गत सजाय सुनाइएको लामो समयपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जबरजस्ती करणी उद्योग महल अन्तर्गत राईको बिरुद्द मुद्दा दर्ता भएपछि जिल्ला अदालतले २०७३ साल कार्तिक २९ गते २ वर्ष ६ महिना कैंद सजाय हुने फैसला सुनाएको थियो ।
गिरफ्तार गरिएका आरोपितलाई अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कारागार शाखा दिक्तेल थुनामा पठाईएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताउनुभयो ।

सुरुमा जिल्ला अदालतले २०७३ साल भदौ २१ गते मागेको १९ हजार धरौटी बुझाउन नसक्दा कारागार चलान भएका राई धरौटी बुझाएर केही दिनपछि रिहा भएका थिए ।