निर्मला हत्याबारे अनुसन्धान गर्न उच्च स्तरीय छानबिन समिति गठन


नेपाल समाचारपत्र, काठमाडौं ।
गृहमन्त्रालयले कञ्चानपुरकी १३ वर्षिया बालिकाको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको छ । पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलार्इ सार्वजनिक गरेपनि स्थानीयले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै आन्दोलन चर्काएपछि बिहीबार गृहमन्त्रालयले मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिका सदस्यहरूमा ३ वटै सुरक्षा निकायका प्रहरी नायब महानिरीक्षक (डिआर्इजी) र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश ७ का प्रतिनिधि रहेका छन् ।
आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन् ।

बैठकले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखपनि परिर्वतन गरेको छ ।