बाढीपीडितको बिचल्ली: १ सय ४७ परिवारले त्रिपाल पनि पाएनन्

0
Shares

दयाराम पण्डित, बाजुरा
बाजुराको बुढिगंगा नगरपालिका–१ कुडीका १ सय ४७ परिवार बिच्चलीमा परेका छन् । शुक्रवार राति अबिरल बर्षाका कारण बाढि र पहिरोका कारणले बिस्थापित परिवार बिच्चलीमा परेको स्थानिय शिक्षक राजेन्द्र परिले वताएका छन् ।

अबिरल बर्षा सँगै आएको बाढि र पहिराले एक जनाको मृत्यु भएको थियो भने ६ घर पहिराले बगाएको थियो । चारैतिरबाट पहिरो र जमिन चिरा चिरा परेपछि गाँउका सबै परिवार पुर्ण रुपमा बिस्थापित भएका हुन् । १ सय ४७ परिवार बिस्थापित भएर कोही नजिकै रहेको कुडिकोट प्राबि र कोही जंगलमा बसोवास गर्दै आएको मन बहादुर बिकले वताएका छन् । बिस्थापित भएको ५ दिन भइसक्दा पाल समेत नपाँउदा धेरै परिवार खुला आकशमुनी बसिरहेको मनले वताए ।

बाढिका कारणले गाँउनै बिस्थापित भएपनि सरकारले मृतक परिवारलाई एक लाख रकम र ३ वटा भन्दा अरुको केही राहत नपाएको वताएका छन् । सरकारले पाल दिएको भएत जंगल खाली ठाँउमा गएर पाँल टागेर त बस्ने थियौ, पाल समेत नपाँउदा तरकारी टनेलमा प्रयोग भएको एक पाँलमा ५ परिवार बस्ने गरेका सुरेन्द्र साउदले वताए । घर पुर्ण रुपमा पहिरोले पुरेको छ, कुनै सामान खाद्यन्न छैन्, एक पाँल पनि अरुले दिएको हो, त्यहि पाँलमा ५ जना परिवारका २३ जना बस्ने गरेका छौ, उनले वताए । खाना पकाउने भाडाँकुडा समेत नभएर निकै समस्या भएको उनले वताए ।

१ सय ४७ परिवार मध्ये १ सय १४ परिवार दलित रहेका छन् । सम्पत्तिका नाममा त्यहि घर मात्र रहेको थियो । त्यो पनि घरनै बस्न लाएक नभएपछि बिच्चलीमा परेको आईते परिले वताएका छन् । १ सय १४ परिवार पुर्ण रुपमा बिस्थापित बनेको उनले वताए । बिस्थापित सँग सबै भन्दा बढि बालबालिका गर्भवति महिला प्रभाबित रहेको उनले वताएका छन् । बाढि र पहिराले खानेपानिका मुहान समेत पुर्ण रुपमा क्षति पुयाएपछि अहिले खोलाको पानि खान बाध्य रहेको स्थानियले वताएका छन् ।

बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाहले भने ठुलो मात्रामा परिवार बिस्थापित भएकाले राहतको ब्यबस्थापन गर्न निकै असहज भएको वताए । उनिहरु बस्ने ठाँउनै अशुरिक्षत भएकाले बस्ति नै सराउने पर्ने वताए । राहतको लागि बिभिन्न निकाय सँग पहल भइरहेको वताएका छन् । बिस्थापित परिवारलाई राख्ने ठाँउ समेत नभएको उनले वताए । गाँउ माथि जंगल छ, त्यहि जंगल फडानी गरेर टहरा निर्माण गरे मात्र हो, तर अन्य ठाँउमा राख्ने ठाँउ कहि नभएको वताए ।

प्रमुख जिल्ला अधिकारी चेतराज बरालले भने बाढिपिडतका लागि पहल भइरहेको वताए । रेडक्रस सँग समन्वय गरेर पालको ब्यबस्थापन गर्न लागेको वताएका छन् । राहतका लागि प्रदेश सरकार र केन्द्रिय सरकार सँग पहल भइरहेको उनले वताए ।