विमल विष्ट, डोटी
डोटी जिल्लामा बर्षेनी गर्भपतन गराउने महिलाहरुको संख्या बढीरहेको छ । सुरक्षित गर्भपतन गराउनेमा अबिबाहित किसोरीहरुको संख्या बढी भएको जिल्ला अस्पताल डोटीको तत्थ्यांकमा उल्लेख गरिएको छ । जिल्ला अस्पताल डोटीका मेडिकल सुपरी टेन्डेन्ट डाक्टर भुषण मिश्रले दिनु भएको जानकारी अनुसार आर्थिक वर्ष ०७४÷७५ मा डोटीमा एक हजार ८९ जना महिलाहरुले गर्भपतन गराएका छन् । उहाँका अनुसार जिल्ला अस्पताल लगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्ला भरीका १८ स्वास्थ्य सँस्थामा महिलाहरुले उक्त सेवा लिएका हुन् ।
जिल्ला अस्पतालमा मात्रै गत आर्थिक वर्षमा ३ सय ८३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । नेपाल सरकारले गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरेपछि गर्भपतन गराउने महिलाहरुको संख्या ह्वातै बढेको हो ।
नौ हप्तासम्मको गर्भ तालिम प्राप्त स्वास्थ्यकर्मीहरुद्वारा प्रदान गरिने औषधि सेवन गरेर र १२ हप्तासम्मको गर्भ उपकरणहरुको प्रयोग गरी पतन गराउन मिल्ने प्रावधान रहेकोमा डोटी जिल्लामा नौ हप्तासम्मको गर्भपतन गराउने महिलाको संख्या अत्याधिक रहेको छ । गाउँ गाउँमा सरकारी स्वास्थ्य सँस्थाहरु र स्वास्थ्यकर्मीहरु सूचीकृत रहेका कारण नौ हप्ता सम्मको गर्भपतन गराउने महिलाको संख्या बढी देखिएको हो ।
एक वर्षको अवधिमा ८ सय ७१ जनाले औषधि सेवन गरी नौ हप्तासम्मको गर्भपतन गराएको जिल्ला अस्पातल डोटीको तत्थ्यांकमा उल्लेख छ । त्यस्तै १२ हप्तासम्मको गर्भपतन गराउनेको संख्या एक सय ६६ रहेको छ भने १८ हप्तासम्मको गर्भपतन गराउने महिला तथा किसोरीहरुको संख्या ५२ देखिएको छ । १२ हप्तादेखि १८ हप्तासम्मको गर्भपतन गराउने अधिकार डोटी जिल्ला अस्पतालले मात्रै छ ।
त्यस्तै जिल्ला अस्पतालमा १२ देखी १८ हप्ता सम्मको गर्भपतन गराउने ब्यबस्था तथा उपकरण भएका कारण एउटै महिलाले तिन पटक सम्म गर्भपतन गराउन आउने गरेको जिल्ला अस्पतालमा गर्भपतन गराउने अधिकार पाएका चिकित्कस डाक्टर गिरीश अवस्थीले बताउनु भयो । ‘ महिला पुरुषले परिवार नियोजनका साधनहरुको प्रयोग नगर्ने भएकाले यो समस्या बढी देखिएको हो,’ डाक्टर अवस्थीले भन्नु भयो ‘पटक पटक गर्भपतन गराए ज्यान नै जोखिखमा हुन्छ भन्ने बुझेर पनि गर्भपतन गराउन आउछन्,कसरी सम्झाउने भनेकै मान्दैनन् ।’
जिल्ला अस्पताल तथा सरकारी स्वास्थ्य संस्था बाहेका डोटीमा रहेका कयो निजि किल्निक तथा औषधी पशलहरुमा गर्भपतन हुने गरेको स्थानियहरु बताउछन् । अबैध रुपमा गर्भरहेको खण्डमा कतिपएले त निजि औषधी पशलहरु बाट औषधी किनेर सेवन गर्ने गरेको दिपायल स्थित एकजना औषधी पशलेले बताउनु भयो । उहाँले भन्नु भयो ‘स्कुल पढ्ने उमेरका कलिला नानीहरु अर्बोसनको औषधी किन्न आउछन्, नदिदा मान्दैनन् अनि दिएर पठाउछौ ।’











प्रतिक्रिया