बुटवल, (नेस)
स्थानिय तह पुर्नसंरचना आयोगका पुर्व अध्यक्ष बालानन्द पौडेलले कर अप्रत्यक्ष हुनुभनेको राम्रो हो स्थानिय तहमा लिदै आएको कर प्रत्यक्ष कर भएको कारण बढि चर्चा हुने गरेको बताउदै उहाँले कर दोहोर लगाउन नमिल्ने बताउनु भयो ।
अहिले स्थानीयतहमा लिईने कर र सेवाको विषयमा बढि चर्चा हुने गरेको भन्दै उहाँले २० बर्ष सम्म चुनाव नभएको अवस्थाम विगतमा कर तिर्ने बानी हराउदै गएकोले करको धेरै चर्चा भएको बताउनु भयो । उहाँले स्थानीय तह पुर्नसंरचना आयोगको मर्म अनुसार स्थानीय तहले गति लिन नसक्दा समस्या आएको वताउनु भएको छ ।
रिपोर्टस क्लव प्रदेश ५ ले बुधवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले अहिलेको परिर्वतनमा ३ वटा तहले काम गरिरहेको भन्दै नेपालको शासन सत्ता त्यहिबाट सञ्चालनमा आएको बताउनु भयो ।
अहिले सेवा प्रवाह गर्ने ईकाईहरु स्थानिय तहमा नै गएको कारण जनताले बढि भन्दा बढि सुविधा पाउनु पर्ने बताउनु भयो । तर दक्ष जनशक्तिको कारणले जनतालाई सेवा दिन स्थानीय तह अझै सक्षम देखिएन् ।











प्रतिक्रिया