कलंकी–खसीबजार अन्डर पास अन्तिम चरणमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
कलंकी–खसीबजार अन्डर पास निर्माण अन्तिम चरणमा पुगेको छ ।
कलंकीको जाम हटाउने समाधानका रुपमा हेरिएको कलङ्की–खसीबजार अण्डर पास एक÷दुई सातापछि खुला हुने चक्रपथ सुधार योजनाले बताएको छ । आठ सय मिटर लामो अण्डर पासमा दुई तह कालोपत्र गर्न बाँकी रहेको योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिनुभयो ।

सडक छेउमा बोर्ड राख्नेलगायतका केही काम सकिएपछि एक÷दुई सातापछि खुला हुने उहाँको भनाइ थियो ।

उपत्यकाको सबैभन्दा बढी सवारी चाप रहेको कलङ्कीलाई व्यवस्थापन गर्न यो सडकले सहयोग गर्ने विश्वास गरिन्छ । कोटेश्वर–कलङ्की सडक निर्माणको कामको ९७ प्रतिशत काम सकिसकेको हो । अण्डरपास सडक नेपालका लागि पहिलो हो ।

जम्मा १०.४ किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा निर्माण भइरहेको छ । चार वर्ष पहिले ४० महिनामा निर्माण सम्पन्न गर्ने गरेर सम्झौता भएको थियो । भूकम्प र नाकाबन्दीका कारण काम त्यो वर्ष काम ठप्प भएकाले एक वर्ष अवधि थप भएको थियो ।