निजी विद्यालय सरकारी विद्यालयमा गाभियो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
महोत्तरीको बर्दिबास नगरपालिका–८ हात्तिलेटमा रहेको मोडेल इङ्लिस बोर्डिङ स्कुल सरकारी बिद्यालयमा गाभिएको छ । स्थानिय शिशु कल्याण आधारभुत बिद्यालय र मोडेल इङ्लिस बोर्डिङ स्कुलबीच समायोजन भएको हो ।

साउन ८ गते नैं एक भएर अध्ययन शुरु गरिसकेको बिद्यालयको बुधबार एक औंपचारिक कार्यक्रमबीच समायोजनको घोषणा गरेको हो । शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समायोजन कार्यक्रममलाई सम्बोधन गर्दै सरकारी र निजी स्कुलबीचको एउटा ठुलो खाडल मुख्य समस्या रहेको बताउनुभयो ।

‘निजी स्कुलको पढाइ राम्रो छ भन्ने आम मानिसमा परेको छ’, मन्त्री पोखरेलले भन्नुभयो– ‘सार्वजानिक शिक्षा कमजोर भएको र सरकारी स्कुल अथवा सामुदायिक स्कुलको पढाइ कमजोर भएको कुराले मलाई एकदमैं धेरैं पीडा भएको छ ।’

यसैबीच मन्त्री पोखरेलले बालबालिकालाई विद्यालय भर्ना नगर्ने अभिभावकलाई पनि कारबाही हुने बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि बिषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले जारी भएको नयाँ ऐनमा विद्यालयमा आफ्ना बालबालिका भर्ना नगर्ने अभिभावकलाई कार्वाही हुने व्यवस्था रहेको बताउनुभएको हो । उहाँले सबै अभिभावकले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा विद्यालय पठाउन आग्रह गर्नुभयो ।

२०८५ पछि आधारभूत शिक्षा नलिएको व्यक्तिले राज्यबाट कुनै सुबिधा नपाउने हुँदा आजैबाट सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन आवश्यक रहेको मन्त्री पोखरेलले उल्लेख गर्नुभयो ।