ट्रिपर गुडाउन नपाए सडक अवरुद्ध पार्ने चेतावनी

0
Shares

नेपाल समाचारपत्र, नुवाकोट
टोखा छहरे सडकमा टिपर गुडाउन नपाए सडक अबरुद्ध पार्ने ब्यबसायीहरुले चेतावनी दिएका छन । जिल्ला प्रहरी कार्यालय नुवाकोटले लिखु गाँउपालीकाको वडा नं ६ छहरेमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा व्यवसायीहरुले उत्त चेतावनी दिएका हुन ।

सडकको अबस्था बिग्रिएको भन्दै मध्यमाञ्चल क्षेत्रिय सडक निर्देशनालयले टोखाछहरे सडकमा ठुला भारबाहन क्षमता भएका सबारीसाधन संचालनमा रोक लगाएकोमा व्यवसायीहरु आक्रोशित भएका थिए । टिपर ब्यबसायीले सडकमा आफुहरु निर्बाध रुपमा गुड्न पाउनु पर्ने माग राखेका थिए ।

स्थानिय तह र राज्यसँग कर तिरेर रुट परमिट लिएपछी निर्बाध रुपमा आफुहरुलाई टोखा छहरे सडकमार्गमा गुड्न नदिएको प्रती नागरिकह्रुले गुनासो गरेका थिए । कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले सडकको भारबहान क्षमता ६ टन मात्रै भएको र ठुला सबारी सञ्चालन हुँदा बर्खाको समयमा दुर्घटना हुन सक्ने भन्दै क्षेत्रिय सडक निर्देशनालयको आदेशको कार्यान्वयन भएको बताए । प्रजिअ थापाले स्थानिय नागरिकह्रुको घर निर्माणको लागी राज्यले खोलामा गिट्टि बालुवा नरोकेको बताए । नागरिकह्रुको घर निर्माणमा सहजता पुराउन आफुहरुले आँखा चिम्लिएको उहाँले बताए । प्रजिअ थापाले हाते औजार प्रयोग गरेर वालुवा झिक्न प्रशासनले नरोकेको बताए ।

नागरिक सुनुवाई कार्यक्रममा स्थानिय टिपर ब्यबसायीहरुको सहयोग र समन्वयमा सडक मर्मत गरि केहि दिनबाट सबारी नियमित बनाउनु पर्नेमा लिखु गाँउपालीकाका अध्यक्ष धु्रब श्रेष्ठले जोड दिए । नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक बसन्त कुँबरले सडक मार्ग सुचारु गर्न आफु समन्वय गर्न तयार रहेको बताए । सडक मार्ग अबरुद्ध गरेर समस्याको समाधान नहुने भन्दै प्रहरी प्रमुख कुवँरले समन्वय गर्नको लागी आग्रह गरे ।

फरक प्रसंगमा कुवरले प्रहरीले स्कटिङ गरेर पशुहरुको तस्कर भैरहेको भन्ने सबारी, पशु र सबारी चालकको सुरक्षाको लागी प्रहरीले स्कटिङ गर्नु परेको बाध्यता सुनाए । पशु जन्य सामाग्री बोकेका सबारीहरुलार्य स्थानियहरुबाट असुरक्षा भएकाले प्रहरीले सुरक्षा दिनु परेको बताए ।

प्रहरी कार्यालयले कार्यलयको चौमासिक कार्यक्रम अनुसार यस आर्थिक बर्षको पहिलो नागरिक सुनुवाई लिखु गाँउपालीकामा सम्पन्न गरेको हो । नागरिक सुनुवाई कार्यक्रममा लिखु गाँउपालीका पञ्चकन्या गाँउपालीका र शिबपुरी गाँउपालीकाका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी भएका स्थानिय नागरिकले प्रहरीको आचारण परिवर्तन समेत हुनुपर्ने बताएका थिए ।