मोबाइल एक्सचेन्ज अफर

0
Shares

काठमाडौं, (नेस)
ताम्राकार कम्प्लेक्सको रहेको ईजी मोबाइल केयरले जुनसुकै ब्रान्डको मोबाइल फोन सामसङको स्मार्टफोनसँग साट्ने एक्सचेन्ज अफर ल्याएको छ ।
कम्पनीले जुनसुकै फोन जस्तो अवस्थामा ल्याएमा पनि न्यँनतम मँल्य एक हजारबाट शुरु हुने गरी मँल्यांकन गर्नेछ ।

त्यस्तै एक्सचेन्जमा किनेको फोनमा कम्पनीले थप १ वर्षको वारेन्टीसमेत उपलब्ध गराउनेछ भने कम्पनीबाट खरिद गरिएको फोन बिग्रिएमा घरबाटै पिकअप एन्ड ड्रपका साथै मर्मतको सुविधा दिनेछ ।

यसको साथसाथै कम्पनीले ग्लोबल बैंक, मेगा बैंक, सेन्चुरी बैंक, कुमारी बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंकसँग सहकार्य गरी सो बैंकका क्रेडिट कार्ड होल्डरलाई समेत ६ महिना, १२ महिना, १८ महिनाको किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउँदै आएको छ ।

ईजी मोबाइल केयरका सञ्चालक सञ्जित पौडेलका अनुसार ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर किस्ताबन्दीको सुविधा काठमाडौं उपत्यका विभिन्न पसलसँगको सहकार्यमा आधिकारिक च्यानल पार्टरहरु बिस्तार गर्दै आएको छ ।