निगमको ‘कर्णाली’ विमान मूल्याङ्कन गर्न कम्पनी छनोट

0
Shares

काठमाडौ, (नेस)
नेपाल वायुसेवा निगमले बोइङ ७५७ एसबी विमान बिक्रीको लागि कन्स्ल्ट्यान्ट छनोट गरेको छ । ‘कर्णाली’ नाम दिइएको विमानको बिक्रीको लागि स्वीस कम्पनी फिन्टेक ग्लोबललाई छनोट गरिएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

विमानको मर्मत सम्भार गर्नको लागि धेरै रकम खर्च गर्नु परेको र विमान पुरानो हुँदै गएकाले विमानको सञ्चालन, इन्धन खर्च बढिरहेको पाइएपछि निगमले कर्णाली विमान बेच्ने निर्णय गरेको हो । सन् १९८० मा तत्कालीन शाही समयमा अमेरिकन बोइङ कम्पनीसँग ऋणमा विमान खरिद गरिएको थियो ।
कर्पाेरेट विभागका निर्देशकसमेत रहेका श्रेष्ठको संयोकत्वमा गठित टोलीले उक्त कम्पनीलाई विमानको मँल्याङ्कन गरी कतिमा बिक्री गर्न उपयुक्त रहेको प्रतिवेदन बुझाउनको लागि छनोट गरेरको थियो ।

करिब ४५ दिनको समय सिमा दिएर निगमले सो कम्पनीलाई विमानको बिक्रीको लागि दर रेट तोक्नको लागि निगमले उपयुक्त ठानेको हो ।
निगमसँग रहेको वोइङ ९ एनएसीए वोइङ ७५७ समेत बीबी एयरवेजलाई बिक्री गरिसकेकाले निगमसँग हाल एक विमान मात्र रहेको छ । हाल निगमले वाइड वडी विमान ए ३३० दुईवटा सञ्चालनको रहेको छ ।

वोइङ विमान र वाइड वडीको सञ्चालन व्यवस्थापन गर्नको लागि निगमलाई खर्चिलो बन्दै गएपछि निगमले वोइङलाई विस्तावित गर्ने तयारी स्वरुप कम्पनी मँल्याङ्कन गर्नको लागि छनोट गरेको हो । निगमको विमान मँल्याङकनको लागि प्लाइट ग्लोबल, अन्तर्राष्ट्रिय ग्रुप कम्पनी र फिन्टेक कम्पनीले प्रस्ताव गरेका थिए । जसमध्ये फिन्टेकले कम रकम कुबल गरेकाले उसलाई छनोट गरिएको निगमको भनाइ रहेको छ ।

कम्पनीले विमानको पार्टपुर्जा र उपकरणको समेत मँल्याङ्कन गरी दररेट तयार गर्ने छ । निगमले दरको दायरा राखेर सञ्चालक समितिमा लिलामको लागि प्रस्ताव राख्ने निगमका सहप्रवक्ता शैलेश कंसकारले जानकारी दिनुभयो । विमानमा १ सय ९० सिटमध्ये १६ वटा विजनेस क्लासका सिट रहेका छन् ।