सुर्खेतमा सवा अर्ब बजेट फ्रिज

0
Shares

दीपेन्द्र शर्मा, सुर्खेत
गत वर्ष जिल्लामा सञ्चालित विभिन्न विकास बजेटमध्ये सुर्खेतमा सवा अर्ब बजेट फ्रिज भएको छ । जिल्लास्थित विभिन्न सरकारी कार्यालयबाट सञ्चालित कार्यक्रममा कार्य पँरा हुन नसकेर एक अर्ब २३ करोड विकास बजेट फिर्ता गएको हो ।

समयमा विकास निर्माण योजना तथा कार्यक्रमअनुसारको काम सम्पन्न गर्न नसक्दा यति ठँलो मात्रामा विकास बजेट फिर्ता गएको हो ।
सुर्खेतको चालँतर्फको ९ अर्ब ७७ करोड ४ लाख २ हजारमध्ये ९ अरब ७७ करोड ४ लाख २ हजार मात्र खर्च भएको छ । चालँतर्फको ४६ करोड ९९ लाख ४८ हजार बजेट फिर्ता भएको छ ।

यस्तै पुँजीगत तर्फको ९ अर्ब ६३ करोड ३८ लाख एक हजारमध्ये ८ अर्ब ८७ करोड ३४ लाख ९५ हजार बजेट मात्र खर्च भएको छ । पुँजीगततर्फको ७६ करोड ३ लाख छ हजार बजेट फिर्ता भएर गएको छ ।

जिल्लामा चालँ तथा पुँजीगत बजेट गरेर एक अर्ब २३ करोड २ लाख ५४ हजार बजेट फिर्ता भएर गएको कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतका सँचना अधिकारी एवम् कोष नियन्त्रक लोकप्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै चालँ वर्षमा एक अर्ब आठ करोड राजस्व आम्दानी भएको छ । चालँ आर्थिक वर्ष २०७४÷७५ मा कर तथा गैरकर गरेर एक अर्ब आठ करोड राजस्व आम्दानी भएको कोष नियन्त्रक पौडेलले जानकारी दिनुभयो ।
गत वर्षको तुलनामा यो वर्ष ५० प्रतिशतले वृद्धि भएको पौडेले बताउनुभयो । उहाँका अनुसार सुर्खेतमा गत वर्षमा ७२ करोड राजस्व आम्दानी भएको थियो । अघिल्लो वर्षमा भन्दा चालँ वर्षमा पुँजीगत खर्च बढी भएको बताउनुभयो ।