कार मेला सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले वार्षिक रुपमा आयोजाना गर्दै आइरहेको टाटा मोटर्स कार मेलाको सिजन–६, सम्पन्न भएको छ्र । तीन हजारभन्दा बढी दर्शकले अवलोकन गरेको सो कार मेलामा अवलोकनाकर्ता टाटाका विभिन्न कारबारे जानकारी लिई टेस्ट ड्राइभलगायत मनोरन्जनात्मक कार्यक्रम मा सहभागी भएका थिए।

आयोजक सिप्रदी ट्रेडिङका अनुसार सो कार मेलामा उपस्थित दर्शकमध्ये छ भन्दा बढीले टाटाका विभिन्न मोडलका गाडीको टेस्ट ड्राइभ गरेका थिए । जसमध्ये ९८ जनाले बुकिङ गरेका छन्। ४५० भन्दा बढी दर्शकले एक्सचेन्जका लागि आफ्नो पुरानो गाडीको मँल्यांकन गराएका थिए।

कार मेला सिजन–६ का मुख्य आकर्षणमा टाटा प्यासेन्जर गाडीको बृहत् प्रदर्शनी, एक्सेंज सुविधा, अन द स्पट फाइनान्स र बीमा सुविधा, टेस्ट ड्राइभलगायत विभिन्न सांगीतिक एवम् मनोरन्जनात्मक कार्यक्रम रहेका थिए ।

पँर्व घोषणा गरिए अनुसार टेस्ट ड्राइभ गरेर लक्की ड्र मार्फत सुमन श्रेष्ठले होलिडे प्याकेज पाउनुभयो, गाडी बुक गरेर भुवन केसी र टीकादत्त पाण्डेले २ वर्षको लागि फ्रि सभिङिको कुपन पाउनुभयो, सुनिल कुमार श्रेष्ठ र ट्रान्स सोलुसन्सले ६ महिनाका लागि फ्रि इन्धन पाउनुभयो, साथै सञ्जिभकुमार शर्मा नेपाल, प्राचिन श्रेष्ठ र सुरेश भुसालले फ्री कम्प्रिहेंसिव इन्स्यारेन्स हात पार्नुभयो भने राधिका अर्याल दाहाल, सुनिल श्रेष्ठ र सरोज श्रेष्ठले क्रमशः हिराको औठी, थाइल्याण्ड टुर र युरोप टुर जित्नुभयो ।