एमजीको नयाँ शोरुम नक्सालमा

0
Shares

काठमाडौं, (नेस)
एमजी (मोरिस ग्यारेज) को शोरुम नक्सालमा खुलेको छ । मंगलबार नेपालका लागि बेलायती राजदँत रिचर्ड मोरिसले उक्त शोरुमको उद्घाटन गरेका छन् ।

एमजी मोर्टस बेलायती कार उत्पादक कम्पनी हो । जसलाई नेपाली बजारमा पारामाउन्ट मोर्टसले बिक्री वितरण गर्दै आएको छ ।

एमजी गाडीको उत्पादन मोरिस ग्यारेजको नामबाट १९२१ मा शुरु भएको हो । यो कम्पनी अहिले ९७ वर्ष पुरानो भएको छ । यो कार उत्पादनको शुरुवाती समयमा विलियम मोरिसले अटोमोबाइल इन्जिनियर सेसिल किम्बरलाई हायर गरेका थिए ।

पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्याल भन्छन्–‘एमजी विश्वको सबैभन्दा छिटो प्रगति गरिरहेको मोटर कम्पनीमध्येको एक हो । विगत केही वर्षदेखि एमजी ब्रान्डले नयाँ–नयाँ मोडल बजारमा ल्याएर बलियो पकड राख्दै अविश्वसनीय प्रगति गर्दै आइरहेको छ ।

यो कम्पनीले विश्वभरी आफ्नो पहँुच पु¥याउने लक्ष्य लिएको छ । त्यसै क्रममा नेपाली बजारमा प्यारामाउन्ट मोटर्ससँग अधिकारीक वितरकको रुपमा सहकार्य गरिरहेको छ ।’ एमजीले थाइल्यान्डमा आधुनिक टेक्नलोजी जडित फ्याक्ट्री स्थापना गरिसकेको छ, साथै २०१९ को शुरुवातसँगै भारतमा पनि उत्पादन गर्ने तयारीलाई अन्तिम रुप दिँदैछ ।

एमजीका जीएस र जेडएस मोडलको गाडी पनि लन्च गरिएको छ । सेडानको विकल्प हुनसक्ने जीएस र जेडएस मोडलका कम्प्याक्ट प्रिमिएम एसयुभी विश्व बजारमा लोकप्रिय मोडल हुन् । एमजीले सधैं आफ्ना मोडलमा पावर र सेफ्टीलाई मुख्य फिचरको रुपमा राखेर कारको उत्पादन गर्ने गर्छ । सेफ्टी एयरब्याग, उत्कृष्ट निर्माण क्वालिटी र पावरफुल इन्जिन यसका अन्य विशेषता हुन् । एनक्याप अष्टे«लियाले यसलाई क्रयास टेस्टमा ५ स्टारको रेटिङ दिएको छ ।