सुर्खेतमा एक अरब २३ करोड वजेट फ्रिज


दिपेन्द्र शर्मा, सुर्खेत ।
गत वर्ष जिल्लामा सन्चालित विभिन्न विकास वजेट मध्य सुर्खेतमा रु एक अरब २३ करोड रकम फ्रिज भएको छ ।
सुर्खेत जिल्ला स्थित विभिन्न सरकारी कार्यालयबाट सन्चालित कार्यक्रमहरुमा कार्य पुरा हुन नसकेर एक अरब २३ करोड विकास बजेट फिर्ता गएको हो ।
समयमा विकास निर्माण योजना तथा कार्यक्रम अनुसारको काम सम्पन्न गर्न नसक्दा यति ठुलो मात्रामा विकास बजेट फिर्ता गएको हो ।
सुर्खेतको चालु तर्फको ९ अरव ७७ करोड ४ लाख २ हजार मध्ये ९ अरब ७७ करोड ४ लाख २ हजार मात्र खर्च भएको छ । चालु तर्फको ४६ करोड ९९ लाख ४८ हजार वजेट फिर्ता भएको छ । यस्तै पुजिगत तर्फको ९ अरव ६३ करोड ३८ लाख एक हजार मध्ये ८ अरव ८७ करोड ३४ लाख ९५ हजार वजेट मात्र खर्च भएको छ । पुजीगत तर्फको ७६ करोड ३ लाख छ हजार वजेट फिर्ता भएर गएको छ ।
जिल्लामा चालु तथा पुजीगत वजेट गरेर एक अरव २३ करोड २ लाख ५४ हजार वजेट फिर्ता भएर गएको कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतका सुचना अधिकारी कोष नियन्त्रक लोक प्रसाद पौडेलले जानकारी दिए ।

एक अरब आठ करोड राजश्व आम्दानी
सुर्खेतमा चालुवर्षमा एक अरब आठ करोड राजश्व आम्दानी भएको छ । चालु आर्थिक वर्ष ०७४÷०७५ मा कर तथा गैरकर गरेर एक अरब आठ करोड राजश्व आम्दानी भएको कोष नियन्त्रक पौडेलले जानकारी दिए ।
गत वर्षको तुलनामा यो वर्ष ५० प्रतिशतले वृद्धी भएको पौडेले वताए । उनका अनुसार सुर्खेतमा गत वर्षमा ७२ करोड राजश्व आम्दानी भएको थियो । अघिल्लो वर्षमा भन्दा चालु वर्षमा पुजिगत खर्च वढि भएको , कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा तोकीदा यहाँको जग्गाको किनवेच वढि हुदा मालपोत करमा वृद्धि भएको पौडेलले वताए ।
चालु वर्षमा यातायात सम्बन्धी कर वढयो, प्रदेशको राजधानी तोकिए संगै सवारी साधनमा वृद्धी हुदा अघिल्लो वर्षभन्दा यो वर्ष राजश्व वढि आम्दानी भएको पौडेलको भनाई छ ।

स्थानिय तहले खर्च विवरण अझै वुझाएनन
सुर्खेतका स्थानिय तहहरुले आफनो खर्च विवरण अझैसम्म वुझाउन सकेका छैनन । असारको मसान्त भित्र आफनो खर्च विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयमा वुझाउनुपर्ने भएपनि साउन मसान्त वितिसक्दा पनि वुझाएका छैनन ।
यसले गर्दा कुन स्थानिय तहमा कति खर्च भयो र कति फ्रिज भयो थाहा हुन नसकेको पौडेलले वताए । सुर्खेतका नौ वटा स्थानियको नाममा जाने वित्तिय हस्तान्तरणको वजेट कोष तथा लेखा नियन्त्रक कार्यालयको नाममा अख्तीयारी आएर उनिहरुको नाममा जाने रकमको खर्च विवरण नआएकोले फिर्ता हुने रकम वढन सक्ने पौडेलले वताए । निकाशा सवै भयो तर खर्च भने भयो भएन थाहा नभएको उनको भनाई छ । वित्तिय हस्तान्तरण अन्तरगत सुर्खेतका नौ वटा स्थानिय तहमा ७ अरब ७८ करोड २८ लाख ४९ हजार रकम निकाशा गरिएको छ ।
वीरेन्द्रनगर नगरपालीकाको ६९ करोड ७० लाख ८० हजार, गुर्भाकोट नगरपालीका ४७ करोड १२ लाख ७९ हजार, भेरीगंगा नगरपालीका ३९ करोड ८२ लाख ३२ हजार , पञ्चपुरी नगरपालीका ३८ करोड १८ लाख ३७ हजार र लेखवेशी नगरपालीकाको नाममा ३४ करोड १३ लाख १८ हजार रकम निकाशा भएको कोष नियन्त्रक पौडेलले जानकारी दिए । त्यस्तै सिम्ता गाँउपालीका ३४ करोड ५६ लाख ४७ हजार, बराहताल गाँउँपालीका ३४ करोड ९६ लाख १८ हजार,चौकुने गाँउपालीका ३१ करोड ८२ लाख ८९ हजार र चिङगाड गाँउपालीकाको नाममा २३ करोड ८५ लाख २८ हजार निकाशा भएको पौडेलले वताए ।
ढिलो अख्तियारीका कारण ठुलो मात्रामा वजेट फ्रिज हुने गरेको नागरिक अगुवा खिम रेग्मीले वताए । उनका अनुसार जिल्लामा ढिला गरी अख्तियारि आउने, ठुला आयोजनाको ठेक्का टेन्डर समयमा नहुने, आर्थिक वर्षको अन्तमा वजेटको निकासा हुने, दुर्गम गाउ सम्म वजेट नपुग्ने लगाएतका कारणले वजेट फिर्ता जानेको गरेको हो ।
आर्थिक बर्षको शुरुमा नभइ तेस्रोे चौमासिकको जेठ मसान्तसम्म सम्झौता गर्ने तर पुरा कामै नगर्ने चलनले गर्दा जनताका नाँउमा आएको वजेट रकम खर्च हुन नसक्ने गरेको रेग्मीको भनाइ छ । सम्झौता गर्दा समयमै गर्ने तर काम सम्पन्न भने गर्दै नगर्नेहरुका कारण वजेट फिर्ता जाने गरेको उनको भनाइ छ ।