६० किलो चरेशसहित पाँच पक्राउ

0
Shares

काठमाडौं । दाङमा ६० किलो अवैध चरेससहित पाँच जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार पक्राउ पर्नेमा प्रेमबहादुर घर्तीमगर, डिल्लीराज चन्द, सपना पुन मगर, रुपा घर्ती र ध्रुव जंगल बुढा छन् ।

जिल्ला प्रहरी कार्यालय, दाङकाका अनुसार विशेष सुराकीका आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले घर्ती र चन्दले बोकेको प्लाष्टिकको बोराबाट १० किलो चरेश बरामद भएको हो । थप ३ जनाबाट लुकाएर राखिएको ५० किलो चरेश बरामद भयो ।

उनीहरुमाथि लागूऔषध मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरीकार्यालय दाङले जनाएको छ ।