कर बढाएको भन्दै सरकारलाई सभामुखको ध्यानाकर्षण

0
Shares

काठमाडौं ।
सभामुख कृष्णबहादुर महराले दिनप्रतिदिन बिभीन्न बाहनामा कर बढेको भन्दै सरकारको ध्यानार्षण गराउनुभएको छ । राप्ती बबई यूवा मञ्चका प्रतिनीधीहरुसंगको छलफलपछि सभामुख महराले कर बृद्धि प्रति सरकारसंग कारण माग गर्नुभयो ।

उहाँले बिकास र समृद्धिलाई पुरा गर्न सबैले आ–आफ्नो क्षेत्रबाट भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । एक फरक प्रसंगमा सभामुख महराले दाङको तुलसीपुर–सुर्खेत हुदैं रारासम्म जोड्न सके पर्यटन बिकास हुने धारणा राख्नुभयो । सो अवसरमा राप्ती ववइ यूवा मञ्चले राप्ती र दाङसंग जोडिएका बिकासका सवालका बिषयमा ध्यानाकर्षण गराएको थियो ।

राप्तीको बिकासका लागि मञ्चले केन्द्रका नेताहरुसंग समन्वय गर्ने मञ्चका सचिब गोपाल रेग्मीले बताउनुभयो ।