पारदर्शिताले फेरिएको मन्दिरको स्वरुप


कविराज नेपाल, पाल्पा ।
दीगो सोँच, पारदर्शिता अनि सर्मप्रणको प्रतिफलमा पाल्पाको एक मन्दिरले निकै ख्याति कमाउन पुगेको त छदैछ, मन्दिरको व्यवस्थापन र यसको प्रगति अन्य ठाउका लागि पनि उदाहरणीय वन्न पुगेको छ ।
नेपालका देखिदै आएको एउटा प्रवृत्ति हो , भक्तजनहरुले मन्दिरमा चढाएको नगद,सुन चादी लगायत जिन्सी सामाग्री र अन्य वस्तुहरुको हिसाव कितावको वारेमा पारदर्शीता हुदैन । यसको अपवाद वनेको छ पाल्पाको एक मन्दिरको आम्दानीलाई वैकमा जम्मा गर्ने र पारदर्शी गर्ने प्रचलन । आम्दानीलाई व्यवस्थित गर्नकै लागि यो उपाय अपनाइए पछि यहाको श्रोत वलियो वनेको छ ।
पाल्पा जिल्लाको सदरमुकाम तानसेन देखि ९ किलोमीटर पश्चिममा रहेका भैरवस्थान मन्दिर मा यसरी आम्दानीका साथै खर्चको समेत हिसावकिताव र पारदर्शीता अपनाइए पछि त्यहाबाट उठेको रकम र आम्दानी स्थानीय विकासका लागि समेत सदुपयोग हुने गरेको छ । सामान्यतया मानिसको सोँचाइ मन्दिरमा दर्शनका लागि दर्शनार्थीले अर्पण गरेको नगद पुजारीको आम्दानीको मुख्य श्रोत हो । जनमानसको मानसपटलमा भरिएको विषयबस्तु यही हो । तर भैरवस्थान मन्दिरमा त्यसको ठिक विपरीत रहेको छ ।
यस मन्दिरमा दर्शन र पुजा अर्चना गर्दा भक्तजन र दर्शनार्थीले अर्पण गरेको नगद दैनिक बैकंमा जम्मा हुन्छ । सोह्रौ शताब्दीमा सेनबंशीय राजा मणिमुकुन्दसेनले स्थापना यस मन्दिरमा ०६४ साल देखि भेटीको व्यवस्थापन ,व्यवस्थापन समितीले आफ्नो जिम्मेवारीमा लिएको हो ।
समृद्धी सतह देखि १४७० मिटर उचाइमा रहेको १४ रोपनी क्षेत्रफलमा फैलिएको यस मन्दिर
मन्दिरको दैनिक पुजा सञ्चालन र व्यवस्थापनका लागि मन्दिरको दीगो व्यवस्थापन संगसंगै आर्थिक पारदर्शीयताको पनि प्रसङ्ग उठ्न लागेपछि भेटी मन्दिरमा चढाइएको आम्दानी र वलीको टाउको बाट प्राप्त हुने रकम बैकं खातामा जम्मा गर्ने लागीए पछि मन्दिरको श्रोत बलियो बन्दै गएको व्यवस्थापन समितीका सदस्य गोविन्द बहादुर पोखरेल बताउछन् ।
आम्दानीको श्रोत बलियो बन्न लागेपछि नै मन्दिरको स्वरुप पनि परिवर्तन भएको छ । तल सडकबाट निस्कने मुख्य बाटो अपांग मैत्री नै थिएन् । आजभोली बाटोको अवस्थामा पनि निकै सुधार भएको छ । मन्दिरको नजिक धेरै व्यक्तिले रोजगारीको अवसर प्राप्त गरेका छन् ।
मन्दिर व्यवस्थापन समितीका अध्यक्ष तुल बहादुर अधिकारीका अनुसार संभवत नैपालमै पारदर्शी रुपमा आय र व्ययको विवरण राखेर हिसावकिताव दुरुस्त राख्ने गरि त्रियाकलाप गर्नै मन्दिरको कार्य प्रशंशनीय पनि पनि वनेको छ । मन्दिर व्यवस्थापन समितीका अनुसार गएको पाँच वर्षमा २ करोड रुपैया भन्दा वढी वैकं खातामा जम्मा भएको छ । यो कार्य ०६९÷०७१ बाट सुरु भएको हो । त्यो बर्ष ३५ लाख ३७ हजार ०७०÷०७१ ३४ लाख , ०७१÷०७२ मा ४१ लाख , ०७२÷०७३ मा ४२ लाख रुपैया , ०७३÷०७४ मा ५२ लाख रुपैया जम्मा भएको व्यवस्थापन समितीले जनाएको छ ।
यस मन्दिरमा पुजारी मात्र ४ जना छन् व्यवस्थापक कार्यालय सहायक ,वलि व्यवस्थापन,रोट पकाउने,सरसफाइ गर्ने गरी दैनिक १६ जना कर्मचारी परिचालित छन् । यिनीहरु सवैलाई तलव दिएर मन्दिर व्यवस्थापन समितीले काममा लगाएको छ । मन्दिरको आम्दानीबाट स्थानीय तहमा वाटो निर्माण, पार्क व्यवस्थित गर्ने लगायतका काम भएका छन ।
मन्दिरको सही व्यवस्थापनका कारण मानिसहरुको आकर्षण बढ्दै गएको छ । अग्लो पहाड मन्दिरबाट लहरै टम्म परेर बसेका हिम श्रङखला ले समेत यहा आउनेलाई मनै लोभ्याउने गरेको छ । सरकारले समेत सहयोग गरी मन्दिरको जिर्णोद्धार भएको र पुरानो भवन नयाँ बनेको,पछाडी पार्क बनेको जसले गर्दा पहिल्लो समय धार्मिक पर्यटन प्रवद्र्धनका लागि निकै सहयोग पुगेको अध्यक्ष अधिकारीले बताए । यसको मन्दिरको आम्दानीको श्रोत वृद्धि र पसलको प्रयोजनका लागि ७ वटा सटर निर्माणका क्रममा छन् यसले दिगो रुपमा आम्दानीको श्रोत बढ्ने भनेरै त्यसो गरिएको समितीका अध्यक्ष अधिकारीले वताए ।
यस मन्दिर पश्चिम क्षेत्रकै प्रसिद्ध मन्दिर हो यहा पूजा आजा र भाकल गरी भाकल अनुसारको वलि, रोट वा अन्य वस्तु मन्दिरमा चढाएमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । त्यसैले आफ्नो मनोकांक्षा पुरा हुने विश्वासमा पञ्चवली,कुखुराको बोका र विशेष प्रकारको रोट चढाउने परम्परा रहेकोले यहा समयानुसार भिड लाग्ने गरेको बताइएको छ । खास गरी नवदुर्गा, वैशाख र मसिर महिनामा वढी भिडभाड हुने भए पनि यातायातको सहजताले आजभोली प्रत्येक दिनजसो टढाटाढाबाट भक्तजनहरु आउने गर्दछन । मुख्य मन्दिरै अगाडी एशियाकै सबै भन्दा ठूलो त्रिशुल रहेको छ ।
सेन बंशीय मणीमुकुन्द सेनले सोह्रौ शताब्दीमा स्थापना गरेको यस मन्दिर भित्र रहेको मुख्य भैरवको मूर्तीमा हाल सम्म सबै साधारणले न त दर्शन गरेका छन् न त देखेका छन् । धार्मिक किँबदन्ती अनुसार मूर्ती अजङ्गको विशाल डर लाग्दो देख्यो भने तर्सीएर तत्कालै मानिसको मृत्यू हुने भएको मन्दिर सार्वजनिक भए पनि मूर्ति गोप्य नै राखिएको छ । सर्वसाधारणका लागि माथिल्लो तलामा पित्तलको मूर्ति राखिएका मन्दिरका मुख्य पुजारी जितनाथ योगीले बताए ।