ललितपुरमा पञ्चदान पर्व मनाइयो


ललितपुर ।
ललितपुरका बुद्धमार्गी नेवारहरुले शनिबार विभिन्न अन्न र सामग्री दान गरी पञ्चदान पर्व मनाएका छन् ।
ललितपुरको विहारहरु, विभिन्न चोकहरुमा दिपंकर बुद्ध,बसुन्धरा र करुणामयका मूर्तिहरु पुजा गर्दै दान दिएर पर्व मनाइएको हो । हरेक वर्ष श्रावण शुल्क अष्टमीका दिन यस पर्व मनाउने गर्दछ । ललितपुरका १८ वटा विहारका दिपंकरलाई विभिन्न भेषभुषा र गहनाका साथ सजाएर अघिल्लो दिन नै राखिएको थियो। विहारमा दान गर्नका लागि नेवार बौद्ध धर्मावलम्बीहरुको भीड लागेको थियो ।
पञ्चदानका दिन परम्परागत विहारका शाक्य वज्राचार्यलाई बुद्धका उपासकका रुपमा सम्मानका साथ स्वागत सत्कार गरी अन्न दान दिइयो। दान लिन जानेहरुको संख्या घट्दै गएपछि पछिल्लो समय विभिन्न विहार, संघसंस्था,समूहहरुले पर्व संरक्षण गर्ने अभियान नै चलाएको थियो । यसले गर्दा अहिले दान दिने र लिनेहरु संख्या बढ्दो छ ।मूबहाल महिला समूहले पिम्बहाल पोखरीमा पहिलो पटक दान प्रदान गर्ने कार्यक्रम आयोजना गरेकोलाई यसैको उपजको रुपमा लिएको सहभागीहरु बताउ“छन् ।थैना मिसा पुचले पनि दानप्रदान कार्यक्रम आयोजना गरिएको थियो । ३ नं प्रदेशसभाका सदस्य शोभा शाक्य समेत दान दिने कार्यक्रममा व्यस्त देखिन्थ्यो ।
अन्नमा धान, गहु“ ,चामल, नून, मासको दाल, मकै, केराउ र खीर रहेको छ । पञ्चदानलाई स्थानीय भाषामा पंजदान ‘पंजरां’ भनिन्छ। यो दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलफूल आदि पा“च प्रकारका वस्तु दान गरिने भएकाले पञ्चदान भनिएको हो ।यस पर्व बुद्ध दर्शनको दान पारमितामा आधारित छ ।
दिपंकर बुद्धले आजकै दिनमा पहिलो पटक दान ग्रहण गरेको जनविश्वास रहेको छ । दीपंकर बुद्ध भन्नाले शाक्यमुनी बुद्धलाई बुद्ध हुन्छ भनेर भविष्यवाणी गर्ने बुद्ध भनिन्छ। सर्वानन्द राजाले दान दिन लागेको बेला दीपंकर बुद्धले राजा भन्दा चित्त शुद्ध भएकी एक गरिबी वृद्धाबाट पहिला दान लिनुभएको थियो ।यो कुरो कुरा थाहा पाएपछि राजामा धर्मचित्त उत्पन्न भएको विश्वास पनि यो पर्वस“ग जोडिएको छ ।
दान भावनाले समाज सुधार, दुर्गति निवारण एवं शान्ति छाउने जनविश्वास रहि आएको छ । यो पर्व काठमाडौं उपत्यका लगायत बनेपा पनौती धुलिखेलमा पनि मनाउने गरिन्छ । काठमाडौ, भक्तपुर लगायतका स्थानमा आउने भाद्र कृष्ण त्रयोदशीका दिन मनाइन्छ ।
नेपालमा दान गर्ने परम्परा लिच्छवि राजा वृषदेवको समयदेखि नै थियो भन्ने कुरा विभिन्न अभिलेखहरुमा पाइन्छ। मानदेव, शिवदेव, अंशुवर्मा लगायतका लिच्छवि राजाहरुको पालामा मात्र नभई मल्लकालमा पनि यस परम्परालाई विभिन्न गुठीहरुको व्यवस्था गरी पर्वहरुको व्यवस्थापन गरेको पाइन्छ ।