वाजपेयीको अन्त्येष्टिमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको अन्त्येष्टिमा नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् । तीन पटक भारतको प्रधानमन्त्री बनीसकेका वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार अपराह्न निधन भएको थियो । उनको शुक्रबार अपराह्न अन्त्यष्टि गर्ने गरिएको बताइएको छ ।
नेपाली कांग्रेसले भने उपसभापति विमलेन्द्र निधिलाई पठाउने भएको छ ।