काबुलमा आक्रमण, ४८ को मृत्यु


काठमाडाैं । अफगानिस्तानको एक शैक्षिक केन्द्रमा भएको बम विस्फोटनमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।

आक्रमणमा ६७ जना घाइते भएको त्यहाँका स्वास्थ्य मन्त्रीले बताएका छन्। राजधानी काबुलमा रहेको एक ट्युसन सेन्टरमा विस्फोट भएको

अफगानी प्रहरीले सिया मुस्लिमको बाहुल्य रहेको काबुलको ट्युसन सेन्टरमा पढाइ चलिरहेका बेला आत्मघाती प्रवेश गरेर विस्फोट गराएको जनाएको छ ।

विस्फोटमा परी मृत्युहुनेमा अधिकांश किशोर–किशोरीहरु छन् । उनीहरु विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी कक्षा लिइरहेका थिए ।

दुर्घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएका छैनन् । तालिवानले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ ।

यसैगरी पूर्वी बागलन प्रान्तमा भएको अर्को छुट्टै आक्रमणमा कम्तीमा ४४ जना सुरक्षाकर्मीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले ९ प्रहरी र ३५ सेना मारिएको उल्लेख गरेको छ ।

अफगानिस्तानको सिया समुदाय पटकपटक सुन्नी मुस्लिमहरुको आतंकवादी समूह स्लामिक स्टेटको निशानामा पर्दै आएका छन् । सिया समुदायले स्वधर्म नष्ट गरेको आक्रोशमा उनीहरूले कैयनको ज्यान लिइसकेका छन् ।