दैनिक ८ घण्टा विमान सेवा बन्द गरी धावनमार्ग स्तरोन्नति गरिँदै

0
Shares

दीपेन्द्र थापा, काठमाडौं
सरकारले प्रत्येक दिन ८ घण्टा विमान सेवा बन्द गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक, उड्डयन मन्त्रालयले सो कार्ययोजनाबारे मंगलबार संसद्लाई जानकारी गराएको हो ।सो अवसरमा मन्त्री रवीन्द्र अधिकारीले स्तरोन्ततिका लागि करिब चार महिना लाग्ने र सो अवधिसम्म विमान सेवा बन्द हुने कार्ययोजना तयार गरिरहेको जानकारी दिनुभयो ।
हाल प्रत्येक दिन २१ घण्टा विमान सेवा सञ्चालन भइरहेको अवस्थामा ८ घण्टा बन्द हुने अवस्थाले यात्रुलाई धेरै नै मर्का पर्ने छ ।मन्त्रीले दिएको जानकारी अनुसार आउँदो फाल्गुणको पहिलो सातादेखि निर्माण कार्य थालनी हुने छ ।

विमानस्थलको धावनमार्ग स्तरोन्नति नहुँदा हाल दैनिक जसो पिच उप्किने समस्या रहेको छ । यसले गर्दा घण्टौ सम्म आकाशमै विमान हेल्ड गर्नुपर्ने अवस्था छ । विमानस्थलमा पछिल्लोपटक सन् २०१० मा धावनमार्ग पुनःमर्मत गरिएको थियो । तर सन् २०१३ देखि बिमानस्थलको धावनमार्गमा पिचमा धर्सा देखिन थाल्यो र सन् २०१५ को विनाशकारी भँकम्पमा सो धावनमार्गमा कुनै गम्भीर क्षति भएको थिएनन्, तर भित्री तहमा भने चिरिएको बताइएको छ ।

हाल वर्षायाममा घाम र पानीको संयोजन हुँदा धावनमार्गको दक्षिणी भागमा चर्किने समस्या देखा परेको छ । पानी पर्दा पानी चिरिएको भागबाट भित्री तहमा पुग्ने र पिच उप्किने समस्या वढदै गएको छ । यसकारण धावनमार्ग तथा ट्रयाक्सि वेमा रहेको स्थायी संरचना पुर्न धावन मार्गको तल्लो भाग सम्म गएर नयाँ निर्माण सामग्री राख्नुपर्ने कार्यालयले बताएको छ ।

विमानस्थलमा २४ सै घण्टा धावमार्ग पिच मर्मत गर्ने टोली तयार गरेर नै धावनमार्गको मर्मत सम्भार गरी विमानस्थल संचालन गरिदै आएको छ ।
विमानस्थलको नियामक निकाय नागरिक उडड्यन कार्यलयले २ पटक गोल्वल टेन्डरको आह्वान गरेको भएपनि कुनै पनि कम्पनीले विमानस्थलको मर्मतको लागि इच्छा देखाएको छैन् । धावनमार्ग तथा ट्रयाक्सिवे मर्मत गर्न अन्तर्राष्ट्रिय परामर्श दातृ नियुक्त भईसकेको र निर्माण कार्यको लागि ४ वटा अन्तर्राष्ट्रिय निर्माण कम्पनीको प्रारम्भिक योग्यता र कम्पनीको क्षमताको कार्य सम्पन्न भईसकेको मन्त्री अधिकारीले बताउनुभयो ।

देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकोले धावनमार्ग निर्माण गर्दा आउन सक्ने अप्ठ्यारोलाई मध्यनजर गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भएसंगै विमानस्थलको स्तरउन्नतिको काम शुरु गरिने मन्त्रालयको योजना रहेको छ । सन् १९७५ देखि विभिन्न चरणमा विस्तार गरीे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल ३ हजार मीटर लम्बाई र ४५ मीटर चौडाई रहेको धावनमार्ग रहेको छ ।

यसबाट यात्रुहरुको बृद्धिदर वार्षिकरुपमा सरदर ६ प्रतिशत रहेको छ । पहिले दैनिक १८ घण्टा चल्दै आएको विमानस्थल जेठबाट २१ घण्टा संञ्चालनमा ल्याएको थियो । पिच फेरिएपछि २०७६ को जेठ देखि २४ घन्टा संचालन हुने मन्त्रालयमा सचिव कृष्णप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

यसका साथै नेपाल भ्रमण वर्ष सन् २०२० लाई दृष्टिगत गरी अन्तर्राष्ट्रिय तर्फ २०२० को अन्त्यसम्ममा थप दुईवटा न्यारो बडी र थप दुईवटा वाइड बडी खरिद गरेर भारत, चीनका शहरहरु लगायत जापान र कोरियाको अलावा अष्ट्रेलिया र यँरोपसम्म पहुँच पु¥याउने कार्यक्रम रहेको छ । त्यसैगरी बौद्ध धर्मावलम्बीहरु भएको मुलुकहरु जस्तै श्रीलंका, म्यानमार, भियतनाम, लाओस, क्याम्बोडियामा पनि निगमको संचालन बिस्तार गर्नेतर्फ अध्ययन विश्लेषण र बजार सर्वेक्षण गरिरहेको छ ।