दीपेन्द्र शर्मा, सुर्खेत
जाजरकोटको नलगाड नगरपालिकामा वाढीका कारण करोडौको क्षेती भएको छ ।
जिल्लाको पुर्वी भागमा अवस्थित नलगाड नगरपालीकाको वडा नं. २, ३ र ४ मा गएराती गएको वाढीका करण करोडौँको क्षति भएको हो ।
स्थानीय झुप्रा खोलामा आएको बाढीले ४ घर सहित दुई वटा पुल तथा सयौं रापेनी धानखेत बगाएको छ । बाढीले स्थानीयका घर, १५ वटा घुम्ती पसल, ६ मिल, ५५ घट्ट, २ वटा ट्रस ब्रिज पुल सहित सयौं रोपनी धान रोपेको खेत बगाएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकवहादुर रावलले जानकारी दिए ।
मंगलबार राति आएको बाढीले नलगाड नगरपालिका ३, घुवाराका गोकर्ण चन्द, धनबहादुर रावल, वडा नं ५ का खीमलाल जैसी र वडा नं २ का कौशीवहादुर विष्टको घर सहित जग्गा वगाएको छ । उनका अनुसार वडा नम्बर ४ का हिरालाल पन्त र वडा नम्बर २ का सर्वजीत सुनारको मिल बगाएको छ । त्यस्तै सोही खोलानजिकमा रहेका दीपक सुनारका दुई ओटा घट्ट बगाएको छ ।
–खोलाले बगाउँदा एकको मृत्यु
–भेरी नदी थुनिँदा ३ घर र ६ वटा कटेज बगायो
वडा ३ का वडा अध्यक्ष प्रचण्ड ओलीको मिल तथा जग्गा वाढीले वगाएको छ । त्यस्तै बाढीले नलगाड ३ र ४ जोड्ने घुवारामा रहेको ट्रस ब्रिज पुल , वडा नं २ र ५ जोड्ने कालीमाटीस्थित ट्रस ब्रिजपुल पनि बगाएको नगरप्रमुख रावलले बताए । रावलका अनुसार झुप्रा खोलाको बाढीले स्थानीय रामबहादुर विकको सहित २ वटा मिल बगाएको छ । उक्त खोलामा आएको बाढीले नलगाड ३ को साङट् खेत, २ र ४ को कैनाखेत, सिस्नेरी खेत, बागमारे खेत, सादनमुरा खेत, रानीखेत लगाएत सयौं रोपनी धान सहितको खेत बगाएको उनले बताए ।
खोलाले पुल बगाएपछि बारेकोट, कालीमाठीबजार, दल्ली लगायत स्थानमा आवतजावत पूर्णरुपमा बन्द भएको स्थानीय हासीलाल पन्तले बताए । बाढीले अन्य जग्गा जमिन लगायत क्षति गर्ने क्रम बढेको र उक्त बाढीका कारण छेप्का र कालीमाठीबजार जोखिममा परेको उनको भनाइ छ । पन्तका अनुसार बाढीका कारण यस क्षेत्रका ७० बढी घरपरिवार विस्थापित तथा वडा ८ वगारामा वाढीका कारण ५ घर ढुवानमा परेका छन ।
त्यस्तै पंञ्च भयार माविको भवण पहिरोले पुरेको छ । विद्यालयमा रहेका सोलार, कार्यालयका कागजात समेत नष्ट भएको शिक्षक होमप्रकाश सिंहले जानकारी दिए । क्षतिको विवरण संकलन गरिरहेकोले कति क्षति भयो भन्नेबारे अझै एकीन भइनसकेको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवीन्द्र सिंहले बताए ।
बाढीको कारण खोला छेउछाउका बासिन्दा त्रसित बनेका छन । बस्ती रहेको कालीमाटीदेखि थुनिएको क्षेत्र १० किलोमिटर माथि रहेको प्रहरी प्रमुख सिंहले वताए । जथाभावी डोजर प्रयोग गरेर बाटो खन्दा बाढी आएको स्थानीयवासीको भनाई छ । प्रभावित क्षेत्र सदरमुकामबाट १६ कोष पूर्वमा पर्छ ।
जाजरकोटको नलगाड नगरपालिका वडा ७ को दानीपिपल खोलाले वगाएर बुधबार विहान एक जनाको मृत्यू भएको छ ।
नलगाड नगरपालिका–७ का उमेशबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खतिवडाले जानकारी दिए ।
जाजरकोटको तल्लुबगर नजिक पहिरोले भेरी नदी थुनिँदा तीन घर र ६ वटा कटेज बगाएको छ । नलगाड–१२ तल्लुवगरका तीन घर र रुकुमको आठबिसकोट ४ गोतामकोटका ६ वटा कटेज नदी कटानले बगाएको स्थानीय मोहन बस्नेतले बताए ।
तल्लुबगर माथिको पहाडको ढिस्को खसेपछि ठूलीभेरी नदी केहीबेर थुनिएको थियो । नदी थुनिएपछि नदीले बाटो पहिल्याउन दुवै किनारातिर कटान गरेको बस्नेतले बताए । कटानका कारण नलगाड–१२ का भवीन्द्रबहादुर बस्नेत, ककबहादुर बस्नेत र टीकाराम खत्रीको घर बगाएको छ ।
घरभित्रको सामान निकाल्न नपाउँदै मंगलबार बिहान नदीले जाजरकोटतिरका तीन घर र रुकुमतर्फका ६ वटा कटेज बगाएको नलगाड नगरपालिका–१२ का वडाध्यक्ष लालबहादुर खत्रीले बताए । जाजरकोट–डोल्पा सडकमा पर्ने उक्त स्थानमा खोलिएका ६ वटा कटेजसमेत भेरीले बगाएको उनले बताए ।











प्रतिक्रिया