टाटा मोटर्स कार मेला हुँदै

0
Shares

काठमाडौं, (नेस)
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले वार्षिक रुपमा आयोजाना गर्दै आएको टाटा मोटर्स कार मेलाको सिजन–६, भदौ १ गतेदेखि काठमाडांैको नक्साल ब्यांक्वेटमा शुरु हुँदैछ ।

 

तीन दिनसम्म चल्ने मेला प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म हुनेछ ।

कार मेला सिजन ६ का मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीको बृहत् प्रदर्शनी, ४ लाखसम्मको विषेश छुट, २ लाखसम्मको एक्सेन्ज बोनस, अन द स्पट फाइनान्स र बीमा सुविधा, टेस्ट ड्राइभलगायत विभिन्न सांगीतिक एवम् मनोरन्जनात्मक कार्यक्रमका साथै रिफ्रेसमेन्टको समेत व्यवस्था रहेको छ । उक्त मेला अवधिभर बुकिङ गर्दा गोला प्रथामार्फत एक जोडीलाई युरोप टुर, एक जोडीलाई थाइल्यान्ड टुर, एक थान हिराको आंैठी, दुई जनालाई २ वर्षको निःशुल्क सर्भिसिङ, तीन जनालाई कम्प्रिहेन्सिभ इन्स्योरेन्स, एक जनालाई ६ महिनाको निःशुल्क इन्धन उपहार रहेको छ ।

त्यस्तै प्रत्येक टेस्ट ड्राइभमा एउटा उपहार र लक्की ड्र मार्फत होलिडे प्याकेज, प्रत्येक भ्यालुयेसनमा २ जनाको लागि फिल्म टिकट र गोला प्रथामार्फत वासिङ कुपन एक जनालाई, फुल ट्यांक इन्धन एक जनालाई र फेसबुक प्रतियोगिताअन्तर्गत लक्की ड्रमा प्रत्येक दिन मोबाइल रहेको छ ।