रोल्पाली युवाको वाध्यताः एकहातले नागरिकता अर्को हातले पासपोर्ट


महेश न्यौपाने, रोल्पा ।
२०७३ सालको एसएलसी प्रथम श्रेणीमा उत्तिर्ण गरेका रोल्पा नगरपालिका २ का भुवन महरा अहिले साउदी अरवको एक होटलमा काम गर्छन । सदरमुकामकको वालकल्याण उच्च माविवाट एस.एल.सी गरेका उनी उच्च शिक्षा अध्ययन नगरि रोजगारीका लागि विदेशीए । १५ वर्षमा एसएलसी गरेका उनी नेपाली नागरिकता लिन उमेर नपुगेका कारण केही महिना पर्खेर वसे । १६ वर्ष उमेर पुग्ने वित्तिकै एक हातले नागरिकता लिए र अर्को हातले पासपोर्ट । विज्ञान पढेर ईन्जिनियर वन्ने सानो छँदाको धोको अहिले विदेशी भूमिमा रगत पसिना वगाउनमै वितेको छ ।
भुवन मात्र हैन अहिले विदेशी भूमिमा झण्डै आधा लाख रोल्पाली युवाहरु दिनरात रगत पसिना वगाई रहेका छन । पढेर भविष्य नदेख्ने उनीहरु विदेशमा कमाएको पैसाले सुखी जीवनको परिकल्पना गर्दै त्यता जाने गर्दछन । यसरी विदेशीएका युवाहरु मध्ये वर्षेनी दर्जनौ लास वनेर रातो वाकसमा फर्कने गर्दछन । युवा विहिन भएका गाउँघरमा जेष्ठ नागरिकमात्रै भेटिने गर्छन । श्रीमान विदेशिए संगै श्रीमतीहरु छोरा छोरी पढाउने नाममा सदरमुकाम तथा सुविधा सम्पन्न शहरमा वस्ने प्रवृत्ती पनि वढीरहेको छ । उत्पादनशील जनशक्तिको अभावमा रोल्पाका खेतियोग्य जमिन समेत वाँझिदै गएका छन ।
अघिल्लो आर्थिक वर्षमा ८३८ जनाले पासपोर्ट लिएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । जिल्लावाटै पासपोर्ट वनाउने भन्दा द्रुतसेवावाट पासपोर्ट वनाउनको संख्या अत्यधिक हुने गरेको वताइएको छ । अघिल्लो वर्ष द्रुतसेवाबाट पासपोर्ट वनाउन जिल्ला प्रशासन कार्यालयले ४ हजार ५५७ लाई सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी गंजवहादुर एमसीले जानकारी दिए । दैनिक सरदर १५ जना युवाहरुले पासपोर्ट वनाउने गरेको देखिन्छ एमसीले भने । नागरिकता वनाएकै दिन पासपार्ट वनाउन आउनेको संख्या अधिक देखिने गरेको प्रजिअ एमसीको भनाई छ । यसरी पासपोर्ट वनाउने अधिकांशको संख्या २५ वर्ष मुनि रहने गरेको वताईन्छ ।
हरेक वर्ष सरदर ५ हजार युवाहरु पासपोर्ट वनाएर भारत वाहेकका मुलुक जाने गर्दछन । नेपाल भारतको नाका हुदै विना पासपोर्ट भारत जाने नेपाली युवाको संख्या यो भन्दा तेव्वर हुन सक्ने वताईन्छ । यसरी भारत जाने मध्ये अधिकांश कुल्ली र चौकिदारी गर्ने वताईन्छ । भारत तथा खाडी जाने मध्ये प्रायः अदक्ष कामदारको रुपमा जाने गरेको वताईन्छ । जिल्ला प्रशासन कार्यालय रोल्पाको अभिलेखमा हाल सम्म करिव ४९ हजार पासपोर्ट वितरण भएको देखिन्छ ।
विदेश जानकै लागि उमेर वढाएर पासपोर्ट वनाउनेहरुको संख्या अधिक रहेको पत्रकार खेम वुढामगरले वताए । स्वदेशमा आफ्नो भविष्य नदेखे पछि युवाहरु विदेशिन वाध्य भईरहेका छन वुढाले भने । युवा स्वरोजगार कोष जस्ता कार्यक्रम आए पनि प्रभावकारी ढंगले कार्यान्वयन हुन नसक्दा युवाले फाईदा लिन नसकेको वुढाको भनाई छ । युवा पलायनताले विद्यालयहरुमा समेत छात्र भन्दा छात्राको संख्या वढ्दै गएको देखिन्छ वुढाले भने । देश विकास र संवृद्धीका लागि उत्पादनशिल जनशक्ति आवश्यक भए पनि राज्यको युवा संवेदनशील सोचाइ अभावका कारण युवाहरु विदेशिन वाध्य छन वुढाले भने ।
चुनाव तथा आन्दोलनको वेला गुलिया आश्वासन दिएर युवा प्रयोग गर्ने र प्रतिफल दिदा कन्ज्यूस्याई गर्ने राजनैतिक दलको प्रवृत्तीका कारण नेपालका युवाहरुको भविष्य असुरक्षित हुदै गएको गैससकर्मी कर्ण वाठाले वताए । दलको रक्षकवज र प्रयोगको साधनमात्रै वनेका कारण युवाहरुमा आत्मविश्वास समेत हराउदै गएको वाँठाको भनाई छ ।