प्राकृतिक प्रकोप पिडितलाई राहत रकम वितरण गरिएको प्रशासन द्धारा जानकारी


किरन धामी, दार्चुला ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट एक वर्षको अवधिमा सम्पादन गरिएका कार्यहरुको बारेमा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले पत्रकारहरुलाई जानकारी गराउनु भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि जिल्ला स्थित विभिन्न संचार माध्यममा आबद्ध पत्रकारहरुलाई प्रशासनले एक वर्षभरी सम्पादन गरेका कार्यहरुका बारेमा प्रमुख जिल्ला अधिरकारी आचार्यले जानकारी गराउनु भएको हो ।
जिल्ला प्रशासन कार्यालयले यस गत आर्थिक वर्ष २०७४÷०७५ तथा चालु आर्थिक वर्षको हाल सम्मका प्राकृतिक प्रकोपको विपदमा परी पिडित भएकाहरुलाई राहत वितरण गरेको जनाएको छ । यस वर्ष जिल्लाका प्राकृतिक प्रकोप पिडितलाई २ लाख ४ हजार रुपैया राहत रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । विभिन्न समयमा विभिन्न विपदमा परि पिडित बनेका जिल्लाका ४१ परिवारलाई उक्त राहत रकम वितरण गरिएको उनले बताए ।
यस्तै विपदबाटै आंसिक पिडित बनेका १७ वटा परिवार तथा विद्यालयलाई त्रिपाल वितरण गरीएको जानकारी गराए । यसै वर्ष धनगढीबाट जिल्ला प्रशासनलाई प्राप्त भएको २० थान साउदी टेन्ट जिल्लाका नौ वटै स्थानिय तहलाई २÷२ थानका दरले वितरण गरिएको उनको भनाई छ । विपद पर्दा सम्बन्धित स्थानिय तहले उक्त टेन्टको प्रयोग गर्न सक्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । विपद बाट जमिन क्षति भएका २१ परिवार तथा ४ विद्यालयलाई तारजाली वितरण गरिएको छ । यसैगरी नौगाड गाउँपालिकाका बाढी पिडित १७ परिवारलाई समेत ५३ थान तारजाली वितरण गरिएको उनले जानकरी दिए ।
जिल्ला प्रशासन कार्यालयले यसै वर्ष केहि नयाँ कार्य गरेको जनाएको छ । कार्यालयले नयाँ कार्यमा मनसुन पुर्व तयारी योजना तयार गरेको छ, भने सबै स्थानिय तहलाई विपद जोखिम रहेको ठाउँलाई पहिचान गरी जिल्ला प्रशासनलाई उपलब्ध गराउन भनेको छ । यसै गरी जिल्लामा यस वर्ष पहिरोमा परी एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा यस वर्षको हाल सम्ममा २ हजार १ सय ४६ चिठ्ठी पत्रहरु दर्ता गरिएका छन्, भने ३० हजार ५५ चिठ्ठीपत्रहरु लेखीएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयमा वर्षभरीमा विभिन्न १५ वटा मुद्धा दर्ता भएकोमा ९ मुद्धा फस्र्यौट गरिएको छ, भने ६ मुद्धा विचाराधिन अवस्थामा रहेका छन् । फस्र्यौट हुन् बाकी ६ मुद्धा मध्ये साउनमा २ वटा मुद्धा दर्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०७४÷७५ मा १३ संस्था नयाँ दर्ता भएका छन्, भने ५६ वटा संस्थाहरु नविकरण भएका छन् । यस चालु आर्थिक वर्षको साउनमा १ संस्था मात्रै दर्ता भएको छ । जिल्लामा रहेका इजाजत प्राप्त २५ थान हातहतियार मध्ये १९ थान हातहतियार नविरकण भएको तथा ६ थान हातहतियार नविकरण हुन बाकी रहेको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए ।
जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन आएका ४२ जनगुनासा सबै फस्र्यौट गरिएको उनले बताए । गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयबाट १ हजार ८ सय ८३ जना पुरुष, १ हजार ४ सय ८७ जना महिला, २४ अंगिकृत तथा १ हजार २ सय ४८ नगरिकताको प्रतिलिपि गरी जम्मा ३ हजार ३ सय ७० जनाले नागरिकताको प्रमाण पत्र लिएको तथ्याङ्क छ । कार्यालयबाट ५६ महिला तथा ६ सय ९७ पुरुष गरी ७ सय ५३ जनाले दुत्र सेवा मार्फत राहादानी लिएका छन, भने १६ जना महिला तथा १ सय ८२ जना पुरुष गरी १ सय ९८ जनाले जिल्ला प्रशासन कार्यालय बाटै राहादानी लिएको उनले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयबाट यस वर्ष नेपाल चिन प्रवेश अनुमति पत्र १ सय ३८ नयाँ, प्रतिलिपी ४२ र २ सय ५५ नविकरण गरिएका छन् । यस्तै बहुयात्रा पत्र ५ सय २५ जनाको नाममा जारी गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी गराए । जिल्ला प्रशासन कार्यालयबाट लेकम गाउँपालिकामा ३ दिन सम्म घुम्ती टोलीले नागरिकता वितरण गरेको जनाएको छ । कार्यालयले फ्री वाईफाई सेवा संचालन गर्नुका साथै सेवाग्राही कक्ष व्यवस्थित गर्ने जस्ता कार्य गरेको जनाइएको छ ।
कार्यालयलाई गत आवमा चालु तर्फ १ करोड ३७ लाख बजेट प्राप्त भएकोमा १ करोड ७ लाख खर्च भैइसकेको जनाइएको छ । यस्तै १० लाख ७० हजार पुजीगत बजेट प्राप्त भएकोमा सोही मात्रामै खर्च भएको कार्यालयले जनाएको छ । कार्यालयले गत आवमा १२ लाख ७८ हजार रुपैया राजश्व संकलन गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाका विस्थापित ६८ जना, मृतक ८ जना तथा अपहरित १ जनाको परिवारलाई ३४ लाख ६६ हजार ४ सय रुपैया वितरण गरेको जनाएको छ ।
कार्यक्रममा तिन वटै सुरक्षा निकायले सम्पादन गरेका कार्यको बारेमा जानकारी गराइएको छ । सशस्त्र प्रहरीले सिमा क्षेत्रको सुरक्षा गर्नुका साथै जिल्ला विभिन्न १७ स्थानका विद्यालयहरुमा दैवि प्रकोप उद्धार सम्बन्धि कक्षाहरु संचालन गरेको गुल्पति भिमबहादुर चन्दले बताए । महाकाली नदिमा बगेर मृत्यु भएका ३ जनालाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको उनले बताए । साथै गुल्मबाट सिमा रक्षाका लागी विओपी राख्न पहल गरिएको उनको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयले यातायात दुर्घटनालाई न्युनिकरण गर्न विभिन्न समयमा सवारी चालकहरुलाई जनचेतना मुलक अभिमुखिकरण गरिएको जनाएको छ । महिला तथा वालवालिका माथि हुने हिंसा न्युनिकरणका लागी टोलटोलमा प्रहरी अभियान अन्तर्गत स्थानियको घरघरमा गएर जनचेतना दिएको जनाएको छ । यस्तै अवैध ६ वटा भालुको पित्त सहित मान्छेलाई पक्राउ गरेको जनाएको छ । हिरासतमा रहेका व्यत्तिहरुलाई कुट्ने पिट्ने भन्ने कुरा बाहिर आए पछि उनिहरुको सुरक्षाका लागी कार्यालय भित्र सिसिटिभि जडान गरिएको जनाएको छ । लागु औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत गाजा फडानी गरिएको प्रहरी प्रमुख नवराज अधिकारीले बताए । प्रहरी जवान देखी प्रहरी सहायक निरिक्षक सम्मलाई कार्यालयले विभिन्न समयमा भिड नियन्त्रण तालिम दिएको जनाएको छ ।
दुर्गादल गुल्म दार्चुलाका गुल्मपति गणेश रावलका अनुसार नेपाली सेनाले महिनामा एक पटक लामो दुरीको पट्रोल गस्ती गर्ने गरेको छ । विपद परेका बेला खोजी तथा उद्धारमा २४ घण्टा तालिम प्राप्त जनशक्ति तयारी हालतमा बस्ने गरेको उनको भनाई छ । साथै मार्मा गाउँपालिकामा निर्माण हुने मकरीगाड हाइड्रोपावर निर्माणमा प्रयोग गरिने विष्फोटक पदार्थको सुरक्षाका लागी दुई पक्ष संग सम्भौता भई स्वीकृत भैइसकेको उनले बताए ।