कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाले बाइपास सडकमा डोजर चलाएर मर्मतको कामलाइ तिब्रता दिन थालेको छ ।
मुलुककै आर्थिक नगरी र प्रवेशद्धारको रुपमा रहेको वीरगन्ज भंसार देखि गन्डक चौकसम्म रहेको बाइपास सडकको अवस्था बिग्रिएपछि महानगरपालिका सकृय भएको हो । संघीय सरकारबाट कुनै पहल नभएपछि नगर प्रमुख विजय कुमार सरावगीको नेतृत्वमा प्रमुख प्रशाकीय अधिकृत डा भीष्मकुमार भूसाल,वरिष्ठ प्रशासकीय अधिकृत सुमन श्रेष्ठ लगायतको टोलीले स्थलगत निरिक्षण गर्दै बाटो मर्मतमा खटिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ नगर प्रमुख विजय सरावगीसंग बाइपास सडक र वीरगन्ज रक्सौल मितेरी पुलको स्थलगत निरिक्षण गर्दै सबै खाल्डा खुल्डी अबिलम्ब पुर्न आदेश दिएको दुइ महिना वितिसक्दा कुनै काम नभएपछि महानगरपालिकाले मर्मतको कामलाइ अघि बढाएको हो ।
बाइपासमा रहेको खाल्डा खुल्डीले गर्दा धेरै सवारी संचालन हुने उक्त स्थान हिलाम्य हुने गरेको छ ।
यसैबीच वीरगन्ज महानगरपालिकाले वीरगन्जको बसपार्कको निर्माण कार्य चांडो सक्न निर्देशन दिएको छ । आसिस,स्वच्छन्द,रोशन र जेबी कन्ट्रक्सनले निर्माण गरिरेहेको अत्याधुनिक सुविधा सहितको बसपार्क निर्माण कार्यलाइ असोज मसान्त भित्र पुरा गर्न निर्देशन दिएको महानगरपालिकाले जनाएको छ ।
निर्माण भइरहेको बसपार्कमा व्यवस्थापन तथा निर्माण कार्यमा भइरहेको कठिनाइहरुको बारेमा छलफल भएको र काम समयमा सिध्याउन निर्देशन दिइएको वीरगन्ज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले बताए ।











प्रतिक्रिया