नेपाल समाचारपत्र, काठमाडौं ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स( वीर अस्पतालको उपकुलपति सिफारिस गर्न गठित समितिले अनौपचारिक छलफल थालेको छ ।
प्रधानमन्त्री तथा न्याम्सका कुलपति केपी शर्मा ओलीले बिहिवार स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएका थिए । समितिमा विज्ञ डा. सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा सदस्य छन् ।
समितिको शुक्रवार अनौपचारिक छलफल भए पनि उपकुलपति सिफारिसबारे कुनै निर्णय नभएको स्वास्थ्यमन्त्री यादवले बताए । उपकुलपतिका दाबेदारहरुको बारेमा छलफल भए पनि व्यक्ति औपचारिक बैठकमा मात्रै व्यक्ति केन्द्रित छलफल हुने बताइएको छ ।
न्याम्सको उपकुलपतिका लागि डा.भगवान कोइराला, डा. जागेश्वर गौतम, श्रीकृष्ण गिरी, सीताराम चौधरी र डिएन शाहको नाम छलफलमा आएको उच्च स्रोतको दावी छ ।











प्रतिक्रिया