प्रभु पेको शुरुआत

0
Shares

काठमाडौं (नेस)
प्रभु ग्रुपले नेपालमा ‘वालेट अब मोबाइलमा’ भन्ने नारा सहित प्रभु पे नामक डिजिटल वालेटको शुरुवात गरेको छ । बिहीबार आयोजित कार्यक्रममा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले यसको प्रयोग गरी शुरुवात गर्नुभयो ।

प्रभु पेले फरक सुविधासहित ल्याएको छ, यसलाई आफ्नो मोबाइलमा डाउनलोड गरेपछि पैसा“संग सम्बन्धित सम्पूर्ण कार्यजस्तै बैंकको खाताबाट पैसा ट्रान्सफर गर्न, बिजुली, पानीलगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, मोबाइल रिचार्ज गर्न, डिपोजिट गर्न सहज हुनेछ, यसबाट अनलाइन मात्र नभई युनियन पे र क्युआर कोड स्क्यानमार्फत पनि पैसा तिर्न सकिन्छ ।

यसैगरी प्रभु पे ले नियमित ग्राहकलाई १० लाख रुपियाँसम्मको दुर्घटना बीमाको सुविधा पनि दिएको छ, भने अरुलाई रिफर गरे बापत प्रत्येक रिफरमा ३० बराबरको ब्यालेन्स दिनेछ, प्रभु पे को आफ्नै अलगै च्याट सिस्टमको सुविधा पनि छ ।

कार्यक्रममा प्रभु पे का सञ्चालक कुसुम लामाले चरणबद्ध रुपमा प्रभु पे को प्रयोग गर्ने तरिकाका बारेमा जानकारी गराउनुभयो ।

प्रभु ग्रुपको बारेमा
प्रभु ग्रुप अन्तर्गत बैक, इन्स्योरेन्स, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टि भी, सुचना प्रबिधि र ब्यबस्थापन सम्बन्धि विभिन्न कम्पनिहरु छन् ।