धनवीर दाहाल, रुकुम,
खदाङ–त्रिपुराकोट खण्डका चिप्ले भिर,श्रीबिण्डे भिर,फोई भिर लगाएतका दर्जनौ ठुला चट्टानहरु फोर्दै सेनाले दशैं सम्ममा डोल्पाको दुनै सम्म यातायात पुर्याउनका लागी सडक निर्माणलाई तिब्रता दिएको छ ।
अहिले अन्तिम भिरको रुपमा तरपरे भिरमा काम सुरु गरेको निर्माण कार्यदलका प्रमुख तथा नेपाली सेनाका कर्णेल विश्ववन्धु पहाडीले बताउनुभयो । अहिले काम सिरविण्डे , धाउने , त्रिपुराकोट खण्डमा स्तर उन्नती सहितको भईरहेको छ । २०६४ सालमा जाजरकोट देखि डोल्पा सम्मको सडक निर्माणको काम सुरु भएपनि सिमाकंनको बिवादले गर्दा दुई वर्ष निर्माण कार्यमा ढिलाई भई पुर्ण२०६६ फागुनमा सिमांकनको कुरा समाधान भएको थियो ।
सेनाले रेखाकंनको कुरा समाधान भए लगत्तै २०६७ सालमा निर्माण कार्य सुरु भएको गरेको थियो । निर्माण कार्य सुरु गरेको ७ वर्ष पछि जाजरकोट, रुकुम र डोल्पाको सिमाना रहेको त्रिवेणीमा २०७३ साल साउन २३ गते प्रधानसेनापती राजेन्द्र क्षतीले सडकको उद्घाटन गर्नुभएको थियो । यो उद्घाटन नै डोल्पा सिमाना जोड्ने सडकको पहिलो अभ्यास थियो ।
अव केही महिना भित्र नयाँ बन्न लागेका प्रधानसेनापतीले (हालका रथी) पुर्णचन्द्र थापाले पनि यो सडक खण्ड निर्माणमा विशेष प्राथमिकता दिने डोल्पाली जनताले आशा व्यक्त गरेका छन् । सेनाले नै माथिल्लो डोल्पा हुनै चीन जोड्ने सडकको जिम्म लिएमा निर्माण कार्य छिटो हुँने डोल्पा लिकुकी अन्जना पहाडीले बताउनुभयो ।
डोल्पा सडक खण्ड निर्माण हुँन अव ५ सय मिटर मात्र वाँकी रहेको छ । कडा चट्टान यूक्त ५ सय मिटर निर्माण कार्य पुरा हुँन वितिकै दशैमा दुनै यातायात सञ्जालले जोडिने निर्माण कार्यदलका प्रमुख पहाडीले बताउनुभयो । २०६४ सालमा निर्माण कार्य सुरु गरिएको जाजरकोट डोल्पा सडक खण्ड करिव १३ वर्ष पछि दुनै पुग्न लागेको हो ।
सेनाले अहिले खच्चडमा तेल वोकाएर वर्षायाममा काम गरिरहेको पहाडीको भनाई छ । कडा चट्टान मात्र भएकाले निर्माण कार्य चुनौती पुर्ण रहेको उहाँले बताउनुभयो । नेपाली सेनाले राष्ट्रिय सडक सञ्जालमा डोल्पालाई दशै सम्म जोड्नका लागि खदाङ–त्रिपुराकोट सडक खण्डको र तरपरेमा भिरमा काम भईरहेको जनाएको छ ।
तल्लो डोल्पामा हलुका सवारी साधनहरु सञ्चालन भएपछि केही राहतको महसुस गरेका डोल्पा वासीहरु दशै सम्म उपहारको रुपमा दुनै सम्म गाडी चढ्ने पाउँने कर्णेल पहाडीले बताउनुभयो । यो सडक खण्डमा चट्टानको संख्य धेरै हुनु र विस्फोटक , पदार्थका साथै मेसिन चलाउन तेल खच्चड मार्फत लिदा समस्य हुँने गरेको सेनाको भनाई छ । अहिले वर्षायाममा ठाउँ , ठाउँमा सडक भत्किएका कारण निश्चित गनतव्यमा सामग्री ढुवानीमा समेत समस्य देखिएको छ । जाजरकोटको पासागाड देखि दुनै सम्मको कुल लम्बाई ११७ दशमलव ७ किमी रहेको छ ।
डोल्पा दुनैलाई सडकसंञ्जालमा जोड्ने अन्तिम भिरको रुपमा रहेको त्रिपुरा सुन्दरी नगरपालिकामा पर्ने तरपरे भिरमा काम गरिरहेको सेनाले जनाएको छ । सडक निर्माणको क्रममा मनमई भिर ,काला पहाड,तल्नु भिर कुच्ची भिर,चिप्ले भिर,एैरी बथान भिर,फोई भिर जस्ता चरा समेत बस्न कठिनहुने भिर खटान पछि डोल्पामा सडक पुग्न सम्भव भएको हो । खदाङ देखि त्रिपुराकोट सडकखण्ड निर्माण कार्य तीब्र पारिएपछि दैनिक तीनसय कामदारले काम गरिरहेकाछन् ।
अप्ठेरा भिर छिचोल्न दर्जन धेरै कम्प्रेसर मेसिनले काम भईरहेको छ । सडक निर्माणकै लागि खदाङ र धाउने गरेर दुई ठाँउमा नेपाली सेनाको निर्माण क्याम्प स्थापना गरिएको छ । दैनिक चार–पाँच ठाँउमा चट्टानमा विस्फोटन हुँने गरेको छ भने दुईवटा डोजरबाट कटान कार्यलाई थप जोड दिईएको छ । दुनै बाट दुई दिनमै जाजरकोट र तीन दिनमा नेपालगन्ज पुगिने भएपछि डोल्पाली खुसी भएका छन् । दशै सम्म जसरी पनि दुनै सडक लिने योजना छ , त्यसरी नै कामको वाँडफाड गरिएको पुर्व शान्ति मन्त्री तथा सांसद सत्य पहाडीले बताउनुभयो ।
हाम्रो पालामै चीन जोड्ने योजना छ , त्यसरी वजेटको व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।











प्रतिक्रिया