दुर्गाप्रसाद शर्मा, पर्वत ।
पर्वतको पैंयु गाउँपालिकाकी उपाध्यक्ष जसमति गुरुङ्गको राजिनामा माग गर्दै दोस्रो दिन पनि जनप्रतिनिधीहरु धर्नामा बसेका छन ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट निर्वाचित वडा अध्यक्ष महेन्द्र श्रेष्ठको पद षडयन्त्रपुर्वक रिक्त गराउने योजना बनाएको भन्दै उपाध्यक्ष गुरुङ्गको राजिनामा माग गरेर जनप्रतिनिधीहरु दोस्रो दिन पनि धर्नामा बसेका हुन ।
धर्नामा वडा नं ३ का अध्यक्ष बिष्णु काफ्ले, ४ का अध्यक्ष महेन्द्र श्रेष्ठ र ५ का अध्यक्ष उमाकान्त भुर्तेल अनसनमा बसेका छन । अनसनलाई सामाजिक परिचालक र स्थानिय समाजसेवीहरुले समेत ऐक्यबद्धता जनाएका छन ।
बुधबारबाटै अनिश्चिकालिन अनसन बस्ने घोषणा गरेका जनप्रतिनिधीहरुले एक दिनका लागि धर्ना बसेको र राजिनामा नआए अनिश्चितकाल सम्म अनसन बस्ने चेतावनी दिएका छन ।
उपाध्यक्षले राजिनामा गर्ने भन्दा पनि बिषयलाई लम्ब्याउन खोजेको र माफी मागेर मात्रै समाधान खोज्न थालेकाले धर्नालाई निरन्तरता दिइएको वडा अध्यक्ष महेन्द्र श्रेष्ठले बताए । ‘गलत निर्णय गर्ने उपाध्यक्षले राजिनामा नदिए सम्म धर्नापछि अनसन समेत बस्छौ’ उनले भने ।
जनप्रतिनिधी धर्नामा बस्दा र जनप्रतिनिधीले नै तालाबन्दी गरेको बिषयमा उल्टै जनताले सेवा नपाएकोले धर्ना बसेको भनेर गलत समाचार फैलाउने काम भएको भन्दै आक्रोश समेत पोखे ।
वडा अध्यक्ष श्रेष्ठ जेठ २९ गते वडा सदस्य मोतीलाल न्यौपानले लाई कार्यवहाकको जिम्मा दिएर परिवारलाई भेट्न जापान गएका थिए ।
गाउँपालिकालाई समेत जानकारी दिएर छोटो समयका लागि बिदेश जाँदा गाउँपालिकाका कार्यबहाक अध्यक्ष जसमती गुरुङ्गले ‘लगातार तीन वटा बैठकमा बिना जानकारी अनुपस्थित भएमा पद रिक्त हुने ब्यबस्था भएको’ ब्यहोरा सहित सात दिने स्पष्टीकरण सोधेपछि बिबाद भएको हो ।
काबा अध्यक्ष गुरुङ्गले साउन ८ गतेको मितिमा श्रेष्ठलाई सात दिन भित्र स्वयँ उपस्थित भएर स्पष्टीकरण दिने पत्र पठाएकी थिइन ।











प्रतिक्रिया