नेपाल समाचारपत्र, काठमाडौं ।
बाल अधिकारकर्मी तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनीधिहरुले पछिल्लो समय देशैभरि बाल प्रेम विवाहको समस्या बढ्दै गएको बताएका छन् । बाल विवाहको समस्या धेरै रहेको काभ्रेको पाँचखाल नगरपालिकाका उपमेयर लक्ष्मी दनुवारले सामाजिक सञ्जाल तथा मोवाईलका कारण यो समस्या झन बढेको बताउनु भयो ।
सय दिने बाल विवाह बिरुद्धको सय दिने सञ्चार अभियानका अवसरमा राजधानीमा गरिएको कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले एफएम रेडियोहरुले बाल विवाह भनेको गैरकानुनी कार्य हो भन्ने जानकारी बाढिरहेको बताउनु भयो । देशभरिका सामुदायिक रेडियोहरुको नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले सय दिनमा गाउँ गाउँ टोल टोलमा पुगेर ११ हजार नागरिकको बाल विवाह रोक्ने प्रतिवद्धता रेकर्ड गरेर रेडियोबाट प्रसारण गरेर एसियामै नयाँ रेकर्ड कायम गर्न सफल भएको बताउनुभयो ।
राष्ट्रपतीदेखी, प्रमुख राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, ७ वटै प्रदेशका मुख्यमन्त्री तथा सामाजिक बिकास मन्त्रीहरु, सांसदहरु, कर्मचारी, अधिकारकर्मी, नागरिक अगुवा, बिद्यार्थी, किसान, व्यवसायी आदि सबै वर्ग र समुदायलाई भेटेर बाल विवाह बिरुद्ध उहाँहरुको प्रतिवद्धता लिदा धेरै परिवर्तनका आधारहरु देखिएको आचार्यले बताउनु भयो । सिन्धुपाल्चोकमा हुन लागेका दुई वटा बाल विवाह रोक्न सफल सफलता भण्डारीले पछिल्लो समय प्रेममा परेर धेरैले बाल विवाह गरिरहेको बताउनु भयो ।
जिल्ला बाल सञ्जाल काभ्रेका अध्यक्ष रञ्जन पौडेलले बाल विवाह रोकिएको समाचारहरु आउने तर गाँउमा पुग्दा उनिहरु विवाह बन्धनमै बाधिएको पाइने गरेकाले भैसकेको विवाहलाई रोक्नु भन्दा पनि त्यो अवस्थामा पुग्नै नदिने गरि बिषेश अभियान गर्नु पर्ने बताउनु भयो ।
बाल अधिकारकर्मी एवं वल्डभिजन इन्टरनेशनल नेपालका वकालत तथा पैरवी निर्देशक पुस्कर खातीले अभिभाबकले आफ्ना छोराछोरीलाई राम्रो दिशानिर्देश र परामर्श गर्न नसके बिचैमा पढाई छोडेर प्रेम विवाह गर्ने सम्भावना हुने भएकाले अभिभावक सबै भन्दा बढि सजक र सचेत हुनु पर्ने बताउनु भयो ।











प्रतिक्रिया