नेपालमा लगानी बढाउन विश्व बैंकलाई आग्रह

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा थप लगानी गर्न विश्व बैंकका प्रतिनिधिहरुस“ग आग्रह गर्नुभएको छ ।

अर्थमन्त्री खतिवडाले नेपालको विकास साझेदारी खाका सम्बन्धी विश्व बैंकका कार्यकारी निर्देशकहरूको बुधबार संयुक्त बैठकमा नेपालमा विकासका चुनौती र अवसरहरूको चर्चा गर्दै आगामी ५ वर्षको लागि गरिने लगानीको ढा“चा प्रस्ताव पारित गर्न अनुरोध गर्नुभएको हो ।

नेपाललाई सन् २०२२ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले नेपालले निरन्तर सुधारलाई अगाडि बढाएको र दिगो विकास लक्ष्य प्राप्त गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

उहा“ले सन् २०३० सम्म मध्यमस्तर आय भएको मुलुकमा स्तरोन्नति हुने दीर्घकालीन सोच सहित प्राथमिकता तोकेर अगाडि बढेको बताउनुभयो । कार्यकारी निर्देशकहरूले राखेका विविध जिज्ञासाहरू खासगरी स्थानीय तहको क्षमता, नेपालको विकासको मार्गचित्र प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना, समग्र व्यावसायिक वातावरण सम्बन्धमा उहा“ले स्पष्ट पार्नु भयो ।

हिजो नै विश्व बैकको मुख्यालय वासिङ्टन डि.सि.मा अर्थमन्त्री खतिवडा र विश्व बैङ्कका दक्षिण एशियाका क्षेत्रीय उपाध्यक्ष हार्ट विगसेफर बीच भेटवार्ता भएको छ । भेटवार्तामा क्षेत्रीय उपाध्यक्ष सेफरले नेपालले अंगिकार गरेका संघीयता कार्यान्वयनको सन्दर्भ उठाएपछि अर्थमन्त्री खतिवडाले नेपालमा तीनै तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई ३६ हजार जनप्रतिनिधिमार्फत जनताका अपेक्षाहरू पूरा गर्न सरकार कटिवद्ध रहेका बताउनु भयो ।

नेपालको आर्थिक र सामाजिक क्षेत्र खासगरी पूर्वाधारमा ठूलो लगानीको आवश्यकता रहेको अर्थमन्त्री खतिवडाको भनाई रहेको छ । यसमा सरकार निजी क्षेत्रस“ग मिलेर कार्य गर्न तत्पर रहेको बताउ“दै उहा“ले संघियताको व्यवस्थापन र विकास वित्तको लागि आन्तरिक साधन र स्रोतमात्रै अपर्याप्त हुने भएकोले विश्व बैंकस“ग नेपालले सार्थक सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

विश्व बैंक क्षेत्रीय उपाध्यक्ष विगसेफरले नेपालले छोटो समयमा राजनीतिक रूपमा हासिल गरेको परिवर्तन उत्साहजनक रहेको बताउ“दै विश्व बैक समूह एकीकृत रुपमा नेपालको प्राथमिकताको क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग गर्न र निजी क्षेत्रमा लगानी बढाउन तयार रहेको बताउनुभयो ।

उहा“ले विश्व बैकको अन्तर्राष्ट्रिय विकास सहयोग र अन्तर्राष्ट्रिय वित्त नियोगका अतिरिक्त क्षेत्रीय कोषहरू लगायतबाट नेपालको उर्जा, यातायात लगायतका पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विश्व बैंकको नेपाल हेर्ने कार्यकारी निर्देशक डा.आन्दिन हादियान्तोले अगस्त ७ को बैंक बोर्ड बैठकमा छलफल हुने प्रस्तावित नेपालको विकासमा साझेदारी खाका बारे जानकारी गराउ“दै विश्व बैकको बोर्डबाट हालसम्म भएका नीतिगत निर्णयहरू बारे जानकारी गराउनु भयो ।

त्यसैगरी अर्थमन्त्रीस“ग विश्व बैंकका उर्जा र वित्तीय कोषका निर्देशक लगायतका पदाधिकारीहरूले बुधबार नै भेट गरी नेपालको उर्जा क्षेत्रमा गरिने लगानी, निजी क्षेत्रस“गको सहकार्यमा विविध आयामहरूका गर्न सकिने लगानीका बारेमा प्रकाश पारेका थिए ।

सो अवसरमा अर्थमन्त्री खतिवडाले नेपालको तत्काल चालू आयोजनाहरूका अतिरिक्त ठूला आयोजनाहरूको निर्माणमा विश्व बैंकले परियोजना विकासमा समेत सहयोग गर्न अनुरोध गर्नुभयो । अर्थमन्त्री खतिवडाले उर्जा क्षेत्रमा कानूनी, संरचनागत लगायतका सुधारमा निरन्तरता रहने र लगानीमैत्री वातावरण सृजना गर्नमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

विश्व बैंकको सो टोलीले नेपालको उर्जा क्षेत्रको विकासमा बैङ्क समूहबाट गर्न सकिने सम्भावित सबै सहयोग उपलब्ध गराउन तत्पर रहेको बताए ।उनीहरुले केही आयोजनामा लगानी निर्णय गर्न लागेको र सहयोगको लागि उपयुक्त अवसरको प्रतीक्षा गरेको बताउँदै क्षेत्रीय उर्जा विकासको सम्भावना बारे चर्चा गरेका थिए ।

विश्व बैङ्कका कार्यवाहक प्रमुख सान्ता देवराजनले समेत बुधबार नै अर्थमन्त्रीस“ग भेटघाट तथा छलफल गर्नुभयो । सो छलफलमा खतिवडाले नेपालले केही दशक अगाडि गरेका आर्थिक तथा वित्तीय सुधारका प्रयासहरूबाट थप पाठ सिक्दै परिवर्तित सन्दर्भमा विभिन्न क्षेत्रमा नया“ सुधारहरू थालिएको बताउनु भयो । श्रीदेवराजनले नेपालले वित्तीय तथा मौद्रिक क्षेत्रमा गरेका सुधारको प्रशंसा गर्दै विश्व बैंकले आफ्ना असल अभ्यासहरू नेपाल स“ग आदान प्रदान गर्दै जाने कुरा व्यक्त गर्नुभयो ।