४० हजारभन्दा बढीले रिचार्ज जिते

0
Shares

काठमाडौं (नेस)
‘स्प्राइट रिफ्रेस बनायो, रिर्चाज गरायो’ योजनाअन्तर्गत हालसम्म ४४ हजार भन्दाबढी उपभोक्ताहरु सहभागी भई ७ लाख ३० हजार रुपियाँ बराबरको टक टाइम जित्न सफल भइसकेका छन् ।

साउन २ गते सो योजना सुरु भएको थियो ।‘स्प्राइट रिफ्रेस बनायो, रिर्चाज गराया’े योजना अन्तर्गत उपभोत्ताले १० रुपियाँ देखि रु ५ हजार रुपियाँ सम्मको टक टाइम जित्न सकिन्छ । यो योजना अन्तर्गत यो हप्ता मात्र सातदोबाटो निवासी सपना सुब्बा, बुटवलकी सिता कर्मा, डल्लुकी नबिना नेपाली, सुकेधारका राज कुमार कार्की र गोकर्णकी निम ल्हामु शेर्पाले ५ हजार बराबरको टक टाइम जिती सक्नु भएको छ ।

यो योजना ५ सय एमएल, १ लिटर, १ दशलमव ५ लिटर र २ दशमलव २५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागु हुनेछ । यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा गरिद गरि लेवल पछाडिको युनिक कोडलाई टाईप गरि ३६७६८ मा एसएमएस गर्नुपर्छ । यो योजना भाद्र १५ गतेसम्म लागु हुनेछ ।