भेटाइएको रकम फिर्ता गर्ने प्रभुको तयारी

0
Shares

ललितपुर (नेस)
महानगरीय प्रहरी प्रभाग बुंगमतीले एटिएममा भेटाइएको रकम बैकलाई बुझाएको छ ।
बुधबार दिउँसो भैसेपाटी स्थित प्रभु बैकको एटिएमबाट रकम निकाल्दै गरेका कोरियन नागरिक जिनीयो जियोङल रकम निकालेपछि सो एटिएममा पर्स छोडेका थिए ।

एटिएमबाट रकम निकाल्दै पर्समा हालेका उनले रकम निकालेपछि पर्स एटिएममै छाडेका थिए । प्रभु बैक भैसेपाटीका ग्राहक जिनीयोले उक्त एटिएमबाट ४० हजार रुपिया निकालेका थिए । रकम निकाल्दै पर्समा हाल्दै गर्दा पर्समा रहेको रकम सहित ६८ हजार ६ सय ३० रुपिया एटिएम माथि बिर्सेका थिए ।

प्रभु बैकको एटिएम बाट ४० हजार रुपिया निकालेका उनले अर्कै बैकको एटिएमबाट थप रकम निकालेका थिए । बैकका मेनेजर क्षितिज शाक्यले प्रभु बैकको एटिएमबाट निकालेको रकम पर्समा राखेपछि उक्त पर्स लैजान बिर्सेका बताउनुभयो । हाम्रो बैकको एटिएमबाट निकालेको रकम लैजान बिर्सेका कोरियन नागरिक जिनीयोले अर्को बैकको एटिएमको रकम मात्र लगेका थिए ।

दिउसो करिब ३ बजे भएको सो घटना लगत्तै सवा ३ बजे सोही एटिएममा रकम निकाल्न पुगेका डिएसपी कपिल बोहराले रकम निकाल्न जादा एटिएम माथि सो पर्स फेला पारेका थिए । लगत्तै वुंगमती प्रभागलाई खबर गरेपछि प्रहरी टोलीले सो रकम लिएका थिए । वुंगमतीका प्रमुख प्रहरी निरीक्षक दीपक मग्राठीले एटिएमको पर्समा फेला परेको सो रकम बैकका मेजेजर शाक्यलाई हस्तान्तरण गर्नुभएको थियो ।

एटिएम धनी कोरियन नागरिक जियोन हिजै कोरिया गएको कारण उक्त रकम बैकको मेनेजरलाई हस्तान्तरण गरिएको प्रहरी निरीक्षक मग्राठीले बताउनुभयो ।