पर्वतको पैंयु गाउँपालिकाका जनप्रतिनिधी भोली देखि अनसन बस्ने



दुर्गाप्रसाद शर्मा, पर्वत ।
पर्वतको पैंयु गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीहरु बुधबार देखि गाउँपालिका कार्यलयमा अनिश्चितकालिन अनसन बस्ने भएका छन ।
पैंयु गाउँपालिका उपाध्यक्ष जसमति गुरुङ्गको राजिनामा माग्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट निर्वाचित जनप्रतिनिधीहरु अनसन बस्ने लागेका हुन ।
पैञ्युँ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष महेन्द्र श्रेष्ठलाई बिना कारण स्ष्पटीकरण सोध्ने र पद रिक्त गराउन षडयन्त्र गरेकोले गाउँपालिका उपाध्यक्ष गुरुङ्गले राजिनामा गर्नुपर्ने माग गर्दै अनसन थाल्न लागेको नेकपाबाट निर्वाचित जनप्रतिनिधीले जनाएका छन । वडा अध्यक्ष श्रेष्ठ परिवारलाई भेट्न जापान गएको बेला गाउँपालिकाका कार्यबहाक अध्यक्ष जसमती गुरुङ्गले ‘लगातार तीन वटा बैठकमा बिना जानकारी अनुपस्थित भएमा पद रिक्त हुने ब्यबस्था भएको’ ब्यहोरा सहित सात दिने स्पष्टीकरण सोधेपछि बिबाद भएको हो । काबा अध्यक्ष गुरुङ्गले साउन ८ गतेको मितिमा श्रेष्ठलाई सात दिन भित्र स्वयँ उपस्थित भएर स्पष्टीकरण दिने पत्र पठाएकी थिइन ।

वडा अध्यक्ष श्रेष्ठले जेठ २९ गते वडा सदस्य मोतीलाल न्यौपानेलाई कार्यवहाक दिएर जापान गएका थिए । कार्यबहाक दिएको बारे श्रेष्ठले गाउँपालिकामा लिखित पत्र समेत दर्ता गराएका थिए । ‘मैले कार्यबहाक दिएर परिवारका सदस्य भेट्न जाँदा पदबाट हटाउने षडयन्त्र भयो’ वडा अध्यक्ष श्रेष्ठले भने ‘षडयन्त्र पुर्वक भएको यस्तो कामका लागि उपाध्यक्षले राजिनामा दिनुपर्छ’ ।

 

तर कार्यकारीले अध्यक्ष र उपाध्यक्षलाई कार्यबहाक दिएको जानकारी नगराएका कारण समस्या आएको गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारीले बताए । उपाध्यक्षले जानकारी नभएर पत्र पठाएको देखिएको अध्यक्ष तिवारीले टेलिफोनमा भने । कार्यबहाक अध्यक्षको हैसियतमा सदस्य न्यौपानेले कार्यपालिकाको बैठकमा समेत भाग लिदै आएका थिए । ‘हाम्रो नियत पद खारेज गराउने हैन, सचेत मात्रै गराउने थियो’ उनले भने ‘कार्यवहाक दिएर , गाउँपालिकामा जानकारी गराएर गएको कुरा कार्यकारीले नभन्दा पनि समस्या भएको हो, समधान खोज्ने प्रयासमा छौ’ ।

उपाध्यक्ष जसमती गुरुङ्गले पत्र पठाएपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वाट बिजयी भएका श्रेष्ठ जापानबाट नेपाल फर्केका छन । श्रेष्ठ नेपाल फर्केपछि सोमबार गाउँपालिकाका अध्यक्ष खगेन्द्र रेग्मी, उपाध्यक्ष जसमति गुरुङ्गलाई भित्री राखेर गाउँपालिका कार्यालयमा नेकपाका कार्यकर्ता र निर्वाचित जनप्रतिनिधीले तालाबन्दी गरेका थिए । उक्त ताला प्रहरीले फोडेर गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई बाहिर निकालेको थियो । मंगलबार दिनभर भएको वार्ता पनि असफल भएको छ । नेकपाका प्रतिनिधीहरु उपाध्यक्ष गुरुङ्गले राजिनामा दिनुपर्ने अडानमा छन भने नेपाली कांग्रेसका तर्फबाट बिजयी जनप्रतिनिधीहरु भने उपाध्यक्षले माफी मागेर समस्याको निकास निकाल्ने पक्षमा देखिएका छन ।

उपाध्यक्ष गुरुङ्गले राजनैतिक पुर्वाग्रहका कारण उपाध्यक्ष गुरुङ्गले पत्र पठाएका कारण उनको पत्र ‘कानुन सम्मत नभएको बिज्ञप्ती मार्फत जनाएका छन । कांग्रेसको गाउँपालिका समितिले भने उपाध्यक्षको कदम कानुन सम्मत रहेको दाबी गर्दै बिज्ञप्ती निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्