चीनको लगानीमा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता रिपोर्ट तयार

0
Shares

काठमाडौं । चीनले केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता रिपोर्ट तयार गरेको छ । भदौ १५ भित्र रिपोर्ट बनाउने लक्ष्यसहित काम गरेको चिनियाँ प्राविधिक टोलीले साउन २० मा नै काम सकेको हो ।

आफ्नै लगानीमा अध्ययन गरेको चीनले कस्तो रिपोर्ट तयार गर्यो भन्ने विषयमा नेपाली पक्षलाई जानकारी गराएको छैन । चिनियाँ कम्पनी चाइना रेल्वे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले तयार पारेको रिपोर्टको बारेमा जानकारी लिन आगामी भदौ ४ गते नेपाली भौतिक पूर्वाधार मन्त्रालय एवं रेल्वे विभागका अधिकारीहरु चीन जाने कार्यक्रम तय भएको छ ।

गत वैशाखको अन्तिम साता यातायात सचिव मधुसदन अधिकारी नेतृत्वको नेपाली प्रनिनिधि मण्डल सम्भाव्यता अध्ययन अघि बढाइहाल्ने सम्झौता गरेर फर्किएको थियो । त्यसलगत्तै जेठबाटै चिनियाँ टोली अध्ययनका लागि नेपाल आएर काम सुरु गरेको थियो ।