वर्षाका कारण पेट्रोलियम पाइपलाइन ओछ्याउने काम प्रभावित

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज
भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउने काम वर्षाका कारण प्रभावित भएको छ ।

नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगन्जसम्मको ७० किलोमिटर लम्बाइ पाइपलाइन ओछ्याउने काम अत्यधिक वर्षापछि हालसम्म १५ किलोमिटर क्षेत्रमा मात्र सम्पन्न भएको हो । गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतिहारी– अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्नुभयो थियो । त्यसपछि जमिनमुनि पाइप बिछ्याउने काम शुरू भएको हो ।

७० किलोमिटर लम्बाइ भएको सो पाइपलाइन २ अर्ब ७५ करोडको लागतमा निर्माण भइरहेको छ । भारतको २ अर्ब तथा तथा संघीय सरकारको ७५ करोड लगानी रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन कार्यालय सिमराले जनाएको छ । नेपालतर्फ भारतीय सीमा रक्सौलदेखि अमलेखगन्जसम्म ३६ दशमलव २ किलोमिटर भँभागमध्ये हालसम्म १५ किलोमिटर क्षेत्रमा पाइप जमिनमुनि राख्ने काम सम्पन्न भएको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन कार्यालय सिमराका इन्जिनियर शरदप्रसाद पौडेलले जानकारी दिनुभयो ।

वर्षाका कारण खनिएको खाल्डोमा पानि भरिनुका साथै सडक विभागले सडक निर्माण गरिहरेका कारण हाललाई सो काम अगाडि बढ्न नसकेको उहाँको भनाइ छ । जितपुर बजार र परवानीपुर बजारमा तथा रजतजयन्ती चोकदेखि गण्डकसम्म एक किलोमिटर क्षेत्रमा उक्त काम बाँकी रहेको छ । पथलैयादेखि अमलेखगन्जसम्मको आठ किलोमिटर क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज भएर पाइपलाइन ओछ्याउनुपर्ने भएकाले निकुञ्जभित्रका पाँच हजार रुख काट्नुपर्ने अवस्था छ । रुख काट्न संघीय सरकारले स्वीकृति दिइसकेकाले वातावरणीय मँल्यांकन प्रभावबारे सँचनासमेत प्रकाशित गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयले वातावरणी प्रभाव मँल्यांकन प्रतिवेदनलाई स्वीकृति दिएपछि रुख काट्ने अनुमति मन्त्रिपरिषद्ले पारित गरेपछि मात्र रुख काट्ने काम अघि बढ्ने पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताउनुभयो । पाइपलाइन बिछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्न अमलेखगन्जस्थित आयल निगमको डिपोमा तीन हजार नौ सय किलोलिटर क्षमताका दुई तथा चार हजार एक सय किलोलिटर क्षमताका दुईवटा टयांकरको मर्मत भइरहेको छ । एक वर्षभित्र निर्माण गर्ने लक्ष्य लिएको सो पाइपलाइन निर्माण सम्पन्न भएपछि प्रतिघन्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट भित्रिने छ ।

पाइपलाइन सञ्चालनमा आएपछि नेपाल–भारतको रक्सौल नाकामा रहँदैआएको जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता समेत हट्ने विश्वास लिइएको छ ।