दक्षिण कोरिया जाने कामदारका लागि हवाई भाडा घट्यो

0
Shares

काठमाडौं (नेस)
दक्षिण कोरिया जाने कामदारले तिर्दै आएको साबिकको हवाई भाडादर घटेको छ । कोरिया जाने कामदारको लागि हवाई भाडामा वोलपत्र आह्वान गर्दा प्रतिव्यक्ति १ सय १८ अमेरिकी डलर अर्थात् १२ हजार ९ सय रुपियाँ घटेकोे इपीएस कोरिया शाखाले जनाएको छ ।

यसअघि कोरिया जाने कामदारले प्रतिव्यक्ति ५ सय २९ अमेरिकी डलर अर्थात् ५८ हजार २ सय रुपियाँ तिर्दै आएका थिए । भाडा घटेपछि अब प्रतिव्यक्ति ४ सय ११ दशमलव ७५ अमेरिकी डलर अर्थात् ४५ हजार २ सय ९२ रुपियाँ कायम भएको छ ।