काबेली कोरिडोर सपन्न हुन अझै दुई महिना लाग्ने

0
Shares

गणेश साम्पाङ, पाँचथर
पाँचथरको अमरपुरदेखि झापाको लखनपुरसम्मको १३२ केभीएको बिद्युत प्रसारणलाइन काबेली करिडोरको काम सम्पन्न हुन अभैm दुई महिना लाग्ने भएको छ ।

सो परियोजना भारतीय निर्माण कम्पनी ज्वग्वार एन्ड एस्टक्चरले १ अर्ब ३० करोड रुपियँँमा निर्माणको जिम्मा लिएको थियो । निर्माणको जिम्मा पाएको कम्पनीले कार्यस्थलमा आवश्यक समन्वय नगर्दा काममा ढिलाइ भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । आर्थिक वर्ष २०६६÷६७ देखि निर्माणको काम शुरु गरेर २०७१÷७२ मा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

निर्माण कम्पनीले काममा ढिलाइ गरेको कारण पटक–पटक म्याद थप्दा पनि काम पँरा गर्न सकेको छैन । काममा भएको ढिलाइको विषयमा यथार्थ बुभ्mन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत चैतमा निरीक्षणपछि वैशाखभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । यद्यपि, काम भने अभैm सकिएको छैन ।

पाँचथरको साबिक अमरपुरदेखि झापाको लखनपुरसम्म ९० किलोमिटर दँरी रहेको सो कोरिडोरको गोदक फिदिम खण्डको काम बाँकी रहेको छ । पाँचथरको अमरपुर, फिदिम, इलामको गोदक र झापाको लखनपुरमा गरी काबेली कोरिडोरमा चार वटा सबस्टेशन रहेका छन् । ताप्लेजुङ, पाँचथर र इलाममा उत्पादन भएको विद्युत्लाई केन्द्रीय प्रसारणलाइनमा जोड्नका लागि सो आयोजना निर्माण हुन लागेको हो ।

सो आयोजना सम्पन्न भएपछि ताप्लेजुङको थेचम्बुमा निर्माण सम्पन्न भएको ५ मेगावाटको फावाखोला जलविद्युत् आयोजना पाँचथरको याङवरक गाउँपालिका– ४ मा निर्माण भइरहेको १० मेगावाटको इवाखोला जलविद्युत् आयोजना, वडा नम्बर ५ मा निमार्णधीन २५ मेगावाटको काबेली बी, पाँचथर हिलिहाङ १ र ३ मा निर्माण भइरहेको ३७ मेगावाटको काबेली १ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारणलाइनमा सो कोरिडोरले जोड्ने छ ।

यसैगरी पाँचथरको फिदिम नगरपलिका– १० मा निर्माण सम्पन्न भएको १५ मेगावाटको माथिल्लो हेवाखोला जलविद्युत् आयोजना र फिदिम– ४ मा निर्माण भइरहेको २२ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत्लाई समेत केन्द्रीय प्रसारणलाइनमा जोड्ने छ, यसरी ताप्लेजुङबाट ५ मेगावाट र पाँचथरबाट १०९ मेगावाट गरी ११४ मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिने भएको छ ।

काबेली कोरिडोर समयमा सम्पन्न नहँुदा गत वर्ष निर्माण सम्पन्न भएको १५ मेगावाटको माथिल्लो हेवाखोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् वैकल्पिक व्यवस्था गरेर ९ मेगावाट मात्र केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ भने ताप्लेजुङमा निर्माण भएको ५ मेगावाटको फावाखोला जलविद्युत् आयोजनाको विद्युत् अहिले खेर गइरहेको छ ।

काबेली कोरिडोर निमार्ण कार्य सम्पन्न नभएका कारण अब केही दिनमा बल्न लागेको २२ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना र १० मेगावाटको इन्द्रावती जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्समेत खेर जाने तल्लो हेवाखोला जलविद्युत् आयोजनाका प्रमुख गणेश सुब्बा बताउनुहुन्छ ।