सेवा क्षेत्रमा पनि कामदार लैजाँदै कोरिया, कामदारका आफन्त भेट्न जान पाउने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
दक्षिण कोरियाले नेपालबाट ईपीएसमार्फत् सेवा क्षेत्रमा पनि काम गर्ने गरी कामदार लैजाने भएको छ । यसअघि औद्योगिक क्षेत्र, उत्पादनमुलक कारखाना र कृषि क्षेत्रमा कामदार पठाउने गरेकोमा अब सेवा क्षेत्रमा पनि कामदार पठाइने भएको हो ।

सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ्सिकबीच नेपाली कामदारलाई सेवा क्ष्ँेत्रमा पनि पठाउने विषयमा छलफल भएको हो । भेटवार्ताका क्रममा राजदँत योङ्सिकले नेपाली कामदार इमान्दार र मेहनती भएकाले कामदारको संख्या थप गर्ने साथै सेवा क्षेत्रमा समेत कामदार लैजाने प्रक्रियामा सहयोग गर्ने कुरा व्यक्त गर्नुभयो ।

भेटवार्ताका क्रममा कोरियामा कार्यरत रहेका कामदारका आफन्तलाई भेट्न जान पाउने विषयमा पनि छलफल भएको छ । राजदूत योङ्सिकले कामदारको आफन्तलाई कोरियामा भेटघाट गर्न जाने अवसर मिलाइसकिएको तथा केही कामदारका आफन्तले भेटघाट गरेर आईसकेको समेत जानकारी दिनुभयो ।

मन्त्री विष्ट र राजूतबीचको भेटका अवसरमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो। उक्त छलफलमा नेपाली युवाका लागि दक्ष्ँिण कोरिया आकर्षक रोजगारीको क्षेत्र रहेको भन्दै मन्त्री विष्टले कामदारको संख्या थप गर्नसमेत आग्रह गर्नुभयो । कोरिया जाने कामदारलाई त्यहाँको आवश्यकताअनुसार भाषा, सीपको विकास गर्न सरोकारवाला मन्त्रालयबीच समन्वय गरेर जाने मन्त्री विष्टले प्रतिबद्धता जनाउनुभयो ।

उहाँले संघीय सरकार मातहतमा रहने गरी स्थापना हुन लागेको तीनवटा प्रतिष्ठानस्तरका सीप विकास केन्द्रहरुको पूर्वाधार निर्माणमा कोरिया सरकारको सहयोगको अपेक्षासमेत व्यक्त गर्नुभयो । राजदुत योङ्सिकले प्रतिष्ठानस्तरका सीप विकास केन्द्रको पँर्वाधार निर्माणमा कोरिया सरकारबाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।

त्यसैगरी, बैंकि«ङ माध्यमबाट विप्रेषणलाई स्वदेश ल्याउने तथा प्रतिस्पर्धाको माध्यमबाट सुलभ दरमा कामदारलाई हवाई सेवा प्रदान गर्ने विषयमा पनि छलफल भएको थियो ।