भिबोर क्यापिटलमा नयँँ सञ्चालक चयन

0
Shares

काठमाडौं, (नेस)
भिबोर क्यापिटलमा नयँँ लगानीकर्ताको प्रवेश भएको छ । लुम्बिनी विकास बैंकको पँर्णस्वामित्वमा रहेको यस क्यापिटलमा बैंक र नयँँ लगानीकर्ताबीच भएको सम्झौताअनुसार बैंकको बहुसंख्यक शेयर नयाँ लगानीकर्ता समँहको हुने भएको छ ।

भिबोर विकास बैंकको सहायक कम्पनीको रुपमा ८ वर्ष पहिला स्थापना भएको यस क्यापिटल विगत तीन वर्षदेखि सञ्चालन नाफामा रहेको छ । नयँँ लगानीकर्ताबाट प्रतिनिधित्व गरी तुलसीप्रसाद उप्रेती अध्यक्षमा चयन हुनुभएको छ । क्यापिटलका अरु सञ्चालकमा आदर्शराज पाण्डे चयन हुनुभएको छ । लुम्बिनी विकास बैंक तर्फबाट दीपक खड्का र हरिकृष्ण सुवेदी कायमै रहनु भएको छ ।

अध्यक्ष उप्रेती नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा पँरा गरि कार्यकारी निर्देशक पदबाट अवकाश ग्रहण गर्नु भएको थियो । यसका साथै वहाँ राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय बीमा संस्था, नेपाल बंगलादेश बैंकमा सञ्चालक र पश्चिमाञ्चल ग्रामीण विकास बैंकमा अध्यक्ष पदमा समेत कार्य गरिसक्नु भएको छ ।