२ हजार भन्दा बढि लिटर घरेलु मदिरा नष्ट

0
Shares

चितवन , चितवन प्रहरीले २ हजार ३ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले संचालन गरेको सर्च , स्वीप र स्क्रीन अपरेशन अन्तर्गत ईलाका प्रहरी कार्यालय भण्डाराले पछिल्लो एक हप्तामा राप्ती नगरपालिकाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको अवैध घरेलु मदिरा आज नष्ट गरेको हो । राप्ती नगरपालिकामा चेपाङ र तमाङ्ग समुदायको बाहुल्यता रहेको वडा नम्बर १, २ , ३ , ६ ,७ र ८ लगायतको स्थानबाट करिब ८ सय लिटर तयारी मदिरा र १ हजार ५ सय लिटर कच्चापदार्थ प्रहरीले बरामद गरेको थियो ।

घरेलु मदिरा सेवन गरेर झै झगडा र अन्य अपराध बढ्ने भएकाले अवैध घरेलु मदिरा नियन्त्रण गर्ने कामलाई प्राथमिकता दिइएको ईलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरिक्षक बसन्त आचार्यले बताए । घरेलु मदिराको सेवनले राप्ती नगरपालिका ३ मा केहिदिन अघि एक महिलाको ज्यान समेत गएको थियो । प्रहरीले नियन्त्रणमा लिएको अवैध मदिरा तथा कच्चापदार्थ राप्ती नगरपालिकाका उप प्रमुख इमानसिहं लामा र वडा अध्यक्षहरुको रोहवरमा नष्ट गरिएको थियो ।