उद्धारको प्रतिक्षामा दुई बालक, हेलिकप्टरको लागि प्रहरी प्रमुखको गुहार

0
Shares

मातिराम तिमल्सिना काभ्रे ।
अविरल वर्षाको कारणले बागमती खोलामा आएको बाढिमा काभे्रका दुई बालक फसेका छन् । उनीहरुको तत्काल उद्धार नहुने हो भने बाढिले बगाउँने संकेत देखिएको छ । |

काभ्रेको खानिखोला गाविस ७ मिल्चेका १२ वर्षीय सञ्जय थिङ र ९ वर्षीय दिनेश डिसी विहान ११ बजे माछा मार्न खोलामा गएका थिए । मकवानपुर जिल्ला साविक बेतिनी गाविस सिसौघारि स्थित खोलमा माछा मार्ने क्रममा एक्कासी बाढि आएपछि खोलाको बीचको थुम्कोमा अलपत्र परेका हुन ।

तालढुङगा प्रहरी चौकीबाट त्यहाँ पुग्न करिब २ घण्टा पैदल हिँड्नु पर्छ । अविरल वर्षा र बाढिका कारणले त्यहाँ हालसम्म कोहि पनि पुग्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रमुख रविराज खड्काले दुई बालकको उद्धारका लागि तत्काल हेलिकप्टर पढाइदिन अनुरोध गरेका छन् ।