नेपाल समाचारपत्र, काठमाडौं ।
आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ । अपहरणकारीले बालकको हत्या गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले जनाएको छ ।

आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच गोली हानाहान भएको छ ।
दोहोरो हानाहानमा २ जना अपहरणकारीको मृत्यु भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा दुई जनाको मृत्यु भएको हो ।
मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ ।











प्रतिक्रिया