नेपाल समाचारपत्र, बारा ।
बाराको करैया गाउँपालिकाको काटँघाट मन्दीरमा जल चढाएर फर्किने क्रममा निजगढस्थित पुर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परेर आइतबार एक ५ बर्षिय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहट जिल्ला खेस्रैयाका रामबचन यादवका छोरा अमित यादव रहेका छन । अमित निजगढ ७ स्थित गौरीशंकर माविको नर्सरी कक्षामा अध्ययन गर्ने विद्यार्थी हुन ।
काटँघाट महादेव मन्दीरमा जल चढाएर फर्किदै गर्दा ना. ४ प २५०५ नम्बरको मोटरसाइकलमा बाबु र आमा अनितादेवीसंगै रहेका अमितको पछाडिबाट आएको ना. २९ प ३३६८ नम्बरको मोटरसाइकलले ठक्कर दिदा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।
दुर्घटनामा बालकका बाबु र आमा र ठक्कर दिने मोटरसाइकल चालक हेटौडा उपमहानगरपालिका रातोमाटेका ५० बर्षिय सन्तलाल दोङ्ग र श्रीमति कान्छीमाको अवस्था पनि गंभिर रहेको प्रहरीले जानकारी दिएको छ । विद्यार्थी मृत्युको शोकमा विद्यालयले सोमबार विद्यालय बन्दको घोषणा गरेको छ ।











प्रतिक्रिया